• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अन्तर्राष्ट्रिय एआई तथा साइबर सुरक्षा विज्ञ निक एस्टन–हार्ट नेपालमा, एआई सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुने

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
अन्तर्राष्ट्रिय एआई तथा साइबर सुरक्षा विज्ञ निक एस्टन–हार्ट नेपालमा, एआई सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुने
0
SHARES
0
VIEWS

काठमाडौँ । संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिका अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्ट नेपाल आइपुगेका छन्।

शनिबार काठमाडौँको होटल हिमालयमा आयोजना हुने ‘नेसनल एआई समिट २०२६’ मा सहभागी हुन उनी बिहीबार नेपाल आएका हुन्। सम्मेलनका प्रमुख वक्ताका रूपमा एस्टन–हार्ट सहभागी हुने डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष तथा आयोजक प्रवेश सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार एस्टन–हार्टले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालजस्ता विकासशील मुलुकले कसरी आफ्नो स्थान स्थापित गर्न सक्छन् भन्ने विषयमा धारणा राख्नेछन्।

उनको प्रस्तुतिमा विश्वव्यापी एआई प्रतिस्पर्धा, डिजिटल सार्वभौमिकता तथा नेपालमा कृत्रिम बुद्धिमत्ताको रणनीतिक सम्भावना र चुनौतीका विषय समेटिनेछन्।

एस्टन–हार्ट लामो समयदेखि डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय व्यापार, डिजिटल गभर्नेन्स र साइबर सुरक्षासम्बन्धी विश्वव्यापी नीति निर्माणमा सक्रिय रहँदै आएका छन्। दुई दशकभन्दा बढी समयदेखि उनले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र, बहुराष्ट्रिय कम्पनी तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै डिजिटल अर्थतन्त्र र प्रविधिसम्बन्धी नीति निर्माणमा योगदान पुर्‍याउँदै आएका छन्।

यस वर्षको सम्मेलन ‘फ्रम प्रमिस टु प्रोग्रेस : अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ अर्थात् ‘प्रतिबद्धतादेखि प्रगतिसम्म : नेपालको कृत्रिम बुद्धिमत्ता क्षमता विस्तार’ भन्ने नारामा केन्द्रित हुनेछ।

एकदिने सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरमा कार्यरत एआई तथा प्रविधि क्षेत्रका विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

सम्मेलनमा नीतिनिर्माता, अनुसन्धानकर्ता, प्रविधि उद्यमी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमार्फत नेपालको एआई क्षमता विस्तार, प्रविधिको रणनीतिक उपयोग र विश्वव्यापी प्रतिस्पर्धामा नेपालको सम्भावनाबारे छलफल गरिने आयोजकको भनाइ छ।

Previous Post

‘बाटुलो जून’ मा अनमोल केसीको नयाँ अवतार, पहिलोपटक गाउँले भूमिकामा देखिँदै

Next Post

सिरहामा ब्राउन सुगरसहित दुईजना पक्राउ, मोटरसाइकल र डिजिटल तराजु बरामद

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav