काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापालाई कसैले पक्राउ गर्न नसक्ने बताएका छन्।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले यस्तो धारणा राखेका हुन्।
सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका आधारभूत मूल्य तथा मान्यताबाट बाहिर जान खोजेको भन्दै उनले त्यसप्रति चिन्ता व्यक्त गरे। यही प्रसंगमा कांग्रेस सभापति थापाबारे सोधिएको प्रश्नमा उनले भने, ‘गगनजीको कुरा गर्नुभयो, उहाँलाई पक्रिन कसैले सक्दैन।’
यसैबीच, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) परिवर्तनसम्बन्धी विवाद अदालतमा प्रवेश गरिसकेको उल्लेख गर्दै प्रचण्डले अब यस विषयमा अदालतले नै निर्णय दिने बताए।
