जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काका अनुसार कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ गइरहेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटना गए राति पौने १२ बजे भएको हो।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
