• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भोटेकोशी बाढीको विनाशदेखि पुनर्निर्माणसम्मको कथा समेटिएको पुस्तक ‘द सनसाइन फ्लड’ सार्वजनिक

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
भोटेकोशी बाढीको विनाशदेखि पुनर्निर्माणसम्मको कथा समेटिएको पुस्तक ‘द सनसाइन फ्लड’ सार्वजनिक
0
SHARES
3
VIEWS

ललितपुर । गत भदौ १० गते रसुवा, नुवाकोट र धादिङसहित भोटेकोशी–त्रिशूली नदी करिडोरमा आएको विनाशकारी बाढी, त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीका प्रयास एवं विपद्पछिको राहत र पुनर्निर्माणका अनुभव समेटिएको पुस्तक ‘द सनसाइन फ्लड’ सार्वजनिक भएको छ ।

तरङ्ग नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा विपद् व्यवस्थापन, इन्जिनियरिङ, अनुसन्धान तथा विकास क्षेत्रका विज्ञ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, लेखक र सम्पादक सहभागी थिए ।

डा. ईश्वर थापा र इन्जिनियर राजन थापाद्वारा लिखित पुस्तकमा सात जना सहसम्पादकसहित इन्जिनियर, अनुसन्धानकर्ता, प्राविधिक तथा विभिन्न क्षेत्रका विज्ञले योगदान दिएका छन् । पुस्तकमा बाढीको कारण र प्रभाव, मानवीय क्षति, उद्धार तथा खोजीका क्रममा भोगिएका अनुभव, प्रभावित समुदायको अवस्था र आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति कम गर्ने उपाय समेटिएका छन् ।

‘द सनसाइन फ्लड’ अर्थात् ‘आकाशमा बादल नहुँदै आएको बाढी’ नाम दिइएको पुस्तकले गत भदौ १० गते (अगस्ट २६) हिमाली क्षेत्रमा हिउँ र चट्टान खस्दा ल्हेन्दे नदी हुँदै भोटेकोशी र त्रिशूलीमा आएको बाढीको घटनाक्रमलाई प्रस्तुत गरेको छ ।

सामान्यतया बाढी आउनुअघि देखिने वर्षा, आकाशमा बादल वा नदीको सतह बढ्ने सङ्केतबिना आएको उक्त बाढीले नदी किनारका बस्ती, पूर्वाधार र स्थानीय जनजीवनमा ठूलो क्षति पुर्‍याएको थियो ।

‘द डे द माउन्टेन फेल विदाउट अ क्लाउड इन द स्काई’ अर्थात् ‘आकाशमा बादल नभएको बेला हिमाल अचानक ढलेको दिन’ उपशीर्षक रहेको पुस्तकमा हिमपहिरो र चट्टान खस्दा बाढी कसरी उत्पन्न भयो भन्ने विषयलाई प्रत्यक्षदर्शीका अनुभव, प्रभावितका भनाइ, अभिलेख र वैज्ञानिक अध्ययनका आधारमा व्याख्या गरिएको छ ।

पुस्तकमा उल्लेख भएअनुसार हिउँ र चट्टान खसेर ल्हेन्दे उपत्यकामा पुगेपछि केही मिनेटमै पानी, हिलो र ठूला ढुङ्गासहितको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदी क्षेत्रमा फैलिएको थियो । वर्षा तथा पूर्वचेतावनीबिनै आएको बाढीले बस्ती, विद्यालय, पुललगायतका संरचनामा क्षति पुर्‍याएको थियो ।

‘न्यारेटिभ नन–फिक्सन’ अर्थात् कथात्मक गैरआख्यान विधामा तयार पारिएको पुस्तकमा उद्धारमा खटिएका व्यक्ति, खोजी तथा सहयोगमा जुटेका समुदाय र प्रभावित परिवारका भोगाइ समेटिएका छन् । विपद्का बेला देखिएका चुनौती र भविष्यमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक सुधारबारे पनि पुस्तकमा विश्लेषण गरिएको लेखक डा. ईश्वर थापाले बताए ।

उनका अनुसार पुस्तकमा बाढी प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना र सामुदायिक सहयोगका लागि नेपालले सञ्चालन गरेका गतिविधिको विवरणसमेत समावेश छ । पीस विन्ड्स जापान र मर्सी मलेसियाको सहयोगमा संस्थाले प्राविधिक टोली परिचालन गरी क्षतिको मूल्याङ्कन, प्रभावित परिवारको आवश्यकता पहिचान तथा राहत वितरण गरेको थियो ।

पुस्तकमा दिइएको विवरणअनुसार विभिन्न कार्यक्रममार्फत एक हजार ४४८ परिवारलाई राहत तथा सहयोग उपलब्ध गराइएको थियो । त्यसैगरी, ३०६ शिक्षक तथा विद्यार्थी, दुई स्वास्थ्य संस्था र एउटा वडा कार्यालयलाई पनि सहयोग गरिएको थियो ।

राहत कार्यक्रमअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका–५ का ५०१ परिवारलाई जाडोमा प्रयोग हुने विद्युतीय हिटर, इलेक्ट्रिक केतली र थर्मस वितरण गरिएको थियो । नुवाकोटको विदुर नगरपालिका–१ का १९५, वडा नं. ७ का ५० र वडा नं. १० का २५२ परिवारलाई घरायसी काम तथा पुनर्निर्माणका लागि आवश्यक औजार उपलब्ध गराइएको पुस्तकमा उल्लेख छ ।

यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ का ३५० परिवारलाई इन्डक्सन चुल्होसहित भान्साका सामग्री तथा नुवाकोटको विदुर नगरपालिका–१० का १०० परिवारलाई ग्यास सिलिन्डरसहित भान्साका सामग्री वितरण गरिएको थियो ।

प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालनलाई निरन्तरता दिन विदुर नगरपालिका–५ स्थित आयुर्वेदिक अस्पताल र वडा नं. १० को सहरी स्वास्थ्य केन्द्रलाई औषधि तथा स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । त्यस्तै, विदुर नगरपालिका–१० को वडा कार्यालयमा सौर्य ऊर्जा र इन्भर्टर प्रणाली जडान गरी वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको थियो ।

विदुर नगरपालिका–२, बट्टारस्थित भीमसेन माध्यमिक विद्यालयका ३०६ शिक्षक तथा विद्यार्थीलाई उपलब्ध गराइएको सहयोगको विवरण पनि पुस्तकमा समेटिएको छ ।

पुस्तकले राहत वितरणलाई सामग्री हस्तान्तरणमा मात्र सीमित नराखी प्रभावित परिवारको आवश्यकता पहिचान, स्थलगत अध्ययन, स्थानीय तहसँगको समन्वय, सहयोग सामग्रीको अभिलेखीकरण, वितरणमा पारदर्शिता र समुदायको पुनःस्थापनालाई समेत प्राथमिकता दिएको छ ।

विपद्पछिको पुनर्निर्माणसँगै आगामी दिनमा हुन सक्ने क्षति रोकथामका उपायलाई पनि पुस्तकले महत्त्व दिएको छ । नदीले बगाएर ल्याएको गेग्रान र ढुङ्गामाटोको पुनःप्रयोग, नदी किनारका भवनको सुरक्षा, भोटेकोशी–त्रिशूली करिडोरमा पूर्वचेतावनी प्रणाली विकास तथा रसुवाको खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्ने विषयलाई प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा केही भवन सुरक्षित रहनुका कारण, नदीको बहाव र गेग्रान व्यवस्थापन तथा जोखिमयुक्त स्थानमा पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने सावधानीबारे पनि पुस्तकमा चर्चा गरिएको छ । लेखकहरूले स्थलगत अध्ययन, प्रत्यक्ष अनुभव र घटनाक्रमको सङ्कलनका आधारमा पुस्तक तयार पारेका हुन् ।

वरिष्ठ भूगर्भविद् इन्जिनियर सन्मुखेश चन्द्र अमात्यले पुस्तकले विपद्को घटनासँगै प्रभावित समुदायको सहनशीलता र पुनःस्थापनाका प्रयासलाई अभिलेखीकरण गरेको बताए । उनका अनुसार पुस्तकले बाढीबाट भएको क्षतिको विवरण मात्र प्रस्तुत नगरी स्थानीय समुदाय, स्वयंसेवक, प्राविधिक जनशक्ति, स्थानीय सरकार तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगी संस्थाबीचको सहकार्यले पुनःस्थापनामा पुर्‍याउन सक्ने योगदानलाई समेत उजागर गरेको छ ।

रसुवा र त्रिशूली उपत्यकाका बासिन्दालाई समर्पित पुस्तकले प्राकृतिक विपद्को इतिहास अभिलेख गर्नुका साथै जोखिम न्यूनीकरण, पूर्वतयारी र मानवीय सहायताका क्षेत्रमा काम गर्ने निकाय तथा सरोकारवालाका लागि उपयोगी सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको उनले बताए ।

कार्यक्रममा तरङ्ग नेपालका कार्यकारी निर्देशक अमितप्रसाद तिमल्सेनाले ‘पर्दापछाडिका कुरा’ शीर्षकमा प्रस्तुति दिँदै विपद्पछिको स्थलगत अध्ययन, मानवीय सहायता र प्रभावित समुदायसँगको अन्तरक्रियाले पुस्तक तयार पार्न महत्त्वपूर्ण भूमिका खेलेको अनुभव सुनाए ।

उनका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ तरङ्ग नेपालले प्रभावित क्षेत्रका स्थानीय सम्पर्क व्यक्ति, जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक तथा अन्य सरोकारवालासँग समन्वय थालेको थियो । उद्धार र खोजीमा प्रत्यक्ष रूपमा संलग्न हुन कठिन परिस्थिति देखिएपछि संस्थाले राहत तथा पुनर्लाभका गतिविधिमार्फत प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

इन्जिनियरिङ, अनुसन्धान, सामाजिक सेवा र स्वयंसेवाका क्षेत्रमा कार्यरत जनशक्तिलाई एकीकृत गर्दै संस्थाले प्राविधिक ज्ञान, मानवीय सहायता र ज्ञान विकासका माध्यमबाट जोखिममा रहेका समुदायलाई सहयोग गर्दै आएको छ ।

छ भाग र ३१ अध्यायमा विभाजित पुस्तकमा बाढी आउनुअघिको भोटेकोशी नदी करिडोरको अवस्था, विपद्को दिन भएका घटनाक्रम, उद्धार तथा जीवनरक्षाका अनुभव, मानवीय क्षति र शोक, आर्थिक तथा वातावरणीय प्रभाव र भविष्यका लागि सिक्नुपर्ने पाठ समावेश छन् ।

त्यसैगरी, हिमाली क्षेत्रमा विपद्को जोखिम मूल्याङ्कन, पूर्वसूचना प्रणालीको सुदृढीकरण, बाढीले थुपारेको गेग्रानलाई पुनर्निर्माण सामग्रीका रूपमा उपयोग गर्ने सम्भावना, जलविद्युत् आयोजनाको सुरक्षा र जलवायुजन्य जोखिमले रसुवाको खाद्य सुरक्षामा पार्न सक्ने प्रभावबारे अनुसन्धान तथा नीतिगत दृष्टिकोणबाट विश्लेषण गरिएको छ ।

प्रभावित समुदायका वास्तविक अनुभवसँगै वैज्ञानिक अध्ययन र दस्तावेजीकृत तथ्यलाई एउटै पुस्तकमा समेटिनु यसको विशेषता हो । तथ्याङ्क तथा घटनासम्बन्धी विवरणका लागि आधिकारिक प्रतिवेदन, प्रकाशित अनुसन्धान र पत्रकारितामा आधारित सामग्री प्रयोग गरिएको लेखकहरूले बताएका छन् । पुस्तकमा प्रमाणित तथ्य, व्यक्तिगत अनुभव, विश्लेषण र अझै स्पष्ट हुन नसकेका विषयलाई छुट्टाछुट्टै रूपमा प्रस्तुत गरिएको छ ।

पुस्तकले माथिल्लो भोटेकोशी क्षेत्रमा पूर्वसूचना प्रणाली पुनःस्थापना तथा सुदृढीकरण, सीमापार सूचना आदानप्रदान, पुनर्निर्माणअघि जोखिम मूल्याङ्कन, जलविद्युत् पूर्वाधारको सुरक्षा र बेपत्ता व्यक्तिको पहिचान प्रक्रियालाई तीव्रता दिनुपर्ने सुझावसमेत दिएको छ ।

Previous Post

लक्ष्मीपूजामा १ हजार ७०० मेगावाट विद्युत् माग हुने अनुमान, आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी

Next Post

धनकुटामा कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ३ लाख १३ हजार रुपैयाँभन्दा बढी नगद बरामद

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav