• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१८ भाद्र २०८३, बिहीबार
A A
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सांसदहरूले गराए सरकारको ध्यानाकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधि सभाका सांसदहरूले १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको बिहीवारको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले बाढीमा आफ्ना आफन्तसमेत बेपत्ता भएको बताउँदै खोजी कार्यलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उहाँले सडक दुर्घटना न्यूनीकरण र छाडा पशुचौपायाको व्यवस्थापनमा समेत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

उहाँले भन्नुभयो, ‘मेरो आफन्तसमेत रसुवा बाढीमा परी धेरै जना हराउनुभएको छ । उहाँहरूको खोजी कार्य जारी गरियोस् ।’

रास्वपाकी सांसद ओजश्वी शेरचनले विपद्पछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित भएकाले महामारी फैलिनुअघि नै अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न माग गरेकी छन् । उहाँले रसुवाको स्याफ्रुबेँसी, टिमुरे हेल्थ पोस्ट, टिमुरे हेल्थ डेस्क र मैलुङ स्वास्थ्य इकाई पूर्ण रूपमा ध्वस्त भएको उल्लेख गरेकी छन् । उहाँले बाढीले धादिङ र त्रिशूली अस्पतालसमेत प्रभावित भएको उल्लेख गर्दै महामारी फैलिनुअघि नै बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य परीक्षण र स्क्रिनिङको व्यवस्था गर्न माग गरेकी छन् ।

उहाँले भन्नुभयो, ‘विपद्पछि प्रभावित क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीले त्यहाँको जनस्वास्थ्यको अवस्था कस्तो गम्भीर छ भनेर प्रष्ट पारेका छन् । सर्वप्रथम त रसुवाको स्याफ्रुबेँसी, टिमुरे हेल्थ पोस्ट र टिमुरे हेल्थ डेस्क र मैलुङ स्वास्थ्य इकाई पूर्ण रूपमा ध्वस्त छ । धादिङ र त्रिशूली अस्पतालसमेत प्रभावित छन् । स्वास्थ्य चौकी नै नरहेको अवस्थामा महामारी फैलिनुअघि नै त्यहाँ अस्थायी स्वास्थ्य शिविर स्थापना गरी स्वास्थ्य परीक्षण र स्क्रिनिङ गरियोस् ।’

रास्वपाका सांसद बुद्धिप्रसाद पन्तले आफ्नो निर्वाचन क्षेत्र र पर्साबाट समेत सयौँ नागरिक बेपत्ता भएको बताउँदै उद्धार कार्यमा स्रोतसाधन र जनशक्तिको अभाव देखिएको बताएका छन् । उहाँले सम्पर्कविहीन नागरिकका परिवारजन सास वा लाशको आशामा आफन्तको प्रतीक्षा गरिरहेको बताउँदै उद्धार कार्यमा थप तदारुकता देखाउन सरकारसँग आग्रह गरेका छन् ।

उहाँले भन्नुभयो, ‘यस महाविपत्तिमा परी मेरो निर्वाचन क्षेत्र र पर्साका समेत सयौँ बेपत्ता हुनुभएको छ । उहाँहरूको परिवारजन आज पनि सास वा लाशको आशमा आफन्तको बाटो पर्खिरहेका छन् । उहाँहरूलाई यो सरकारप्रति आशा पनि छ । उहाँहरूले यो महाविपत्तिमा सरकारले देखाएको तदारुकता, काम र प्रयासहरूलाई नजिकबाट नियालीरहनुभएको छ । स्रोतसाधन र जनशक्ति अभावमा उद्धार कार्यमा सोचेजस्तो प्रगति देखिएको छैन ।’

रास्वपाका सांसद बुद्धरत्न महर्जनले गोसाइँकुण्ड तीर्थयात्रामा गएका ललितपुरका नागरिक तथा देशभरका तीर्थयात्रीको यथाशीघ्र खोजी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उहाँले चाडपर्व नजिकिँदै गर्दा आपूर्ति व्यवस्थापनमा समेत सरकार गम्भीर हुनुपर्ने बताएका छन् । कुनै नाका बन्द भए वा चाप बढे बजारमा दैनिक उपभोग्य वस्तुको अभाव, कालोबजारी र मूल्यवृद्धि हुनसक्ने तर्फ सरकार सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘गोसाइँकुण्ड तीर्थयात्रामा गएका ललितपुरका नागरिक र देशभरका तीर्थयात्रीको यथाशीघ्र खोजी गरी पत्ता लगाउन म हार्दिक अनुरोध गर्दछु । यस्तो विपद्को अवस्था र महान् चाड नजिकिँदै गर्दा सरकार आपूर्ति व्यवस्थापनमा समेत गम्भीर हुनुपर्छ । कुनै नाका बन्द भए वा चाप बढे बजारमा दैनिक उपभोग्य वस्तुको अभाव, कालोबजारी र मूल्यवृद्धि हुनसक्छ ।’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलवती शर्माले बाढीले नागरिक र भौतिक संरचनासँगै हजारौँ सपना बगाएको उल्लेख गर्दै राहत वितरण र उद्धार कार्यमा सरकार गम्भीर हुनुपर्ने बताएकी छन् । उहाँले बाढीमा परी बाग्लुङबाट समेत १६ जना सम्पर्कविहीन भएको जानकारी दिँदै रसुवा, नुवाकोट र धादिङको पीडा समग्र नेपाल र नेपालीको पीडा भएको बताएकी छन् । सांसद शर्माले सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आवश्यक मेसिन संसारभर नरहेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति आपत्ति समेत जनाएकी छन् ।

उहाँले भन्नुभयो, ‘यो केवल रसुवा, नुवाकोट र धादिङको मात्र पीडा नभएर समग्र नेपाल र नेपालीको पीडा हो । सभामुख महोदय बाढीले हाम्रा नागरिक र भौतिक संरचना मात्र नभई हजारौँ सपना समेत सँगै बगाएको छ । पर्यटक र रोजगारको लागि धेरै जिल्लाबाट त्यस क्षेत्रमा नागरिकहरू आज हराइरहेका छन् । हाम्रो बाग्लुङबाट पनि १६ जना सम्पर्कविहीन भएका छन् । सरकारलाई हाम्रो साथ पनि छ, प्रश्न पनि छ । अन्तरिक्षसम्म गएर आधुनिक विज्ञानको खोजी गर्ने आजको युगमा एउटा मामुली सुरुङभित्र फसेका नागरिकको उद्धार गर्ने मेसिन संसारभर छैन भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूको भनाइ सरासर झुट र लज्जाजनक भएन र ?’

अधिकांश सांसदहरूले बाढीपछिको विपद् प्रतिकार्यमा सरकारले गति बढाउनुपर्ने बताएका छन् । बाढीबाट सम्पर्कविच्छेद भएका राजमार्गको पुनर्निर्माण तथा वैकल्पिक मार्गको व्यवस्था तत्काल गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

Previous Post

बाढीपछि नागरिकको उद्धार र व्यवस्थपानमा सरकार चुकेकै होः काँग्रेस प्रमुख सचेतक थापा

Next Post

खोज, उद्धार र राहत वितरणको गति बढाउन काँग्रेस सांसदहरुको माग

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In