• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अस्ट्रेलियामा आप्रवासन नीतिविरुद्ध प्रदर्शन, समर्थन र विरोधमा छुट्टाछुट्टै र्‍याली

रिजन खड्का by रिजन खड्का
२३ कार्तिक, २०८३
A A
अस्ट्रेलियामा आप्रवासन नीतिविरुद्ध प्रदर्शन, समर्थन र विरोधमा छुट्टाछुट्टै र्‍याली
0
SHARES
3
VIEWS

२३ कात्तिक, सिड्नी । अस्ट्रेलियामा आप्रवासीको बढ्दो आगमन र सरकारी आप्रवासन नीतिलाई लिएर बहस चर्किरहेका बेला आइतबार सिड्नीमा आप्रवासन नियन्त्रणको माग गर्दै प्रदर्शन गरिएको छ।

‘अस्ट्रेलिया मार्चेस’ अभियानअन्तर्गत आयोजित प्रदर्शनमा सहभागीहरूले नयाँ आप्रवासीको आगमन सीमित गर्न र आप्रवासनसम्बन्धी नीतिलाई थप कडा बनाउन सरकारसँग माग गरेका थिए।

वर्षाका बीच पनि उल्लेख्य सहभागिता रहेको प्रदर्शन रोयल बोटानिक गार्डेन आसपासबाट सुरु भएको थियो। प्रदर्शनकारीहरू म्याक्वेरी स्ट्रिट हुँदै हाइड पार्क पुगेर न्यु साउथ वेल्स संसद् भवनसम्म जुलुससहित पुगेका थिए।

प्रदर्शनका क्रममा सहभागीहरूले राष्ट्रिय हित र अस्ट्रेलियाको मौलिक पहिचानलाई प्राथमिकता दिनुपर्ने सन्देशसहितका प्लेकार्ड बोकेका थिए। जुलुसमा आप्रवासन नीतिका आलोचक तथा राष्ट्रवादी विचारधारा राख्ने विभिन्न समूह सहभागी भएका थिए।

यता, आप्रवासनविरोधी प्रदर्शनको प्रतिवाद गर्दै सिड्नी टाउन हल क्षेत्रमा आप्रवासी तथा शरणार्थी अधिकारका पक्षधरहरूले छुट्टै र्‍याली आयोजना गरेका थिए। उनीहरूले जातीय विभेद र आप्रवासीविरोधी गतिविधिको विरोध गर्दै अस्ट्रेलियाको बहुसांस्कृतिक समाज र विविधताको संरक्षण गर्नुपर्ने आवाज उठाएका थिए।

पछिल्लो समय अस्ट्रेलियामा जनसङ्ख्या वृद्धि, आवासको अभाव र सार्वजनिक पूर्वाधारमा बढ्दो दबाबका कारण आप्रवासन व्यवस्थापनको विषय राजनीतिक तथा सामाजिक बहसको केन्द्रमा छ।

अप्रवासी समुदायले स्वास्थ्य, शिक्षा, कृषि र निर्माणलगायतका क्षेत्रमा पुर्‍याएको योगदानलाई महत्त्व दिइँदै आए पनि बढ्दो जनसङ्ख्याले उपलब्ध स्रोतसाधन र पूर्वाधारमा दबाब सिर्जना गरेको भन्दै आप्रवासन नियन्त्रणको मागसमेत उठ्दै आएको छ।

यसैबीच, अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली मूलका आप्रवासी राजीव भुसालले आफूलाई अवसर र आश्रय प्रदान गर्ने देशप्रति आप्रवासीहरूले सम्मान र जिम्मेवारी देखाउनुपर्ने बताएका छन्।

उनका अनुसार आप्रवासीले आफू बसोबास गर्ने देशको समाज, संस्कृति र मूल्यमान्यतालाई आत्मसात् गर्दै सकारात्मक योगदान दिनुपर्छ।

भुसालले अवसर प्रदान गर्ने देशप्रति कृतज्ञता व्यक्त गर्नुका साथै त्यहाँको सामाजिक संरचना र पहिचानको सम्मान गर्नुपर्नेमा जोड दिए। पुस्तौँको मेहनतबाट निर्माण भएको समाजलाई कमजोर बनाउने वा अपमान गर्ने व्यवहार उचित नहुने उनको भनाइ छ।

Previous Post

तिहारको चौथो दिन श्रद्धा र भक्तिपूर्वक गाईपूजा गरिँदै

Next Post

बारामा पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav