घाइते हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–६, घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान रहेका छन्।
बारा प्रहरीका अनुसार देवान आइतबार राति करिब साढे १० बजे आफ्नै घरको आँगनमा पटका पड्काउँदै थिए। सोही क्रममा पटका पड्केर आगलागी हुँदा उनको शरीरका विभिन्न भागमा आगो लागेको थियो।
प्रहरीका अनुसार आगोले उनको दुवै तिघ्रालगायतका भाग जलेका छन्।
घाइते देवानलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ।
