• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

११ वर्षदेखि अलपत्र तेह्रथुमको खोरुङ्गा–यावरा सडक, ठेक्का रद्द गर्ने चेतावनी

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
११ वर्षदेखि अलपत्र तेह्रथुमको खोरुङ्गा–यावरा सडक, ठेक्का रद्द गर्ने चेतावनी
0
SHARES
0
VIEWS

तेह्रथुम । निर्माण सुरु भएको ११ वर्ष बितिसक्दा पनि तेह्रथुमको फेदाप गाउँपालिकास्थित खोरुङ्गा खोला–यावरा सडक खण्ड कालोपत्रे हुन सकेको छैन। पटक–पटक म्याद थपिए पनि निर्माणले गति लिन नसक्दा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। सडकको दयनीय अवस्थाप्रति चासो देखाउँदै सम्बन्धित निकायले स्थलगत अनुगमन गरी समयमै काम सम्पन्न नगरे ठेक्का रद्द गर्ने चेतावनी दिएको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडक खण्डको अनुगमनमा आयोजना कार्यालय, जिल्ला प्रशासन, प्रहरी, स्थानीय सरकार तथा निर्माण कम्पनीका प्रतिनिधि सहभागी थिए। अनुगमन टोलीले सडकको वर्तमान अवस्था र निर्माण प्रगतिको निरीक्षण गर्दै अब पनि काममा सुधार नआए ठेक्का सम्झौता तोड्ने जनाएको छ।

२०७२ साल भदौ ३१ गते गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीसँग निर्माण सम्झौता भएको यो सडक २०७४ सालभित्रै सम्पन्न हुनुपर्ने थियो। तर, सम्झौता भएको लामो समय बितिसक्दा पनि सडक कालोपत्रे हुन सकेको छैन। पटक–पटक निर्माण अवधि थपिए पनि कामले अपेक्षित गति लिन नसक्दा स्थानीयले सहज यातायात सुविधाबाट वञ्चित हुनुपरेको छ।

वर्षायाममा सडक हिलाम्मे हुने र अन्य समयमा समेत ठाउँठाउँमा खाल्डाखुल्डी रहने समस्याले यात्रु तथा यातायात व्यवसायीलाई हैरानी बनाएको छ। सडकको खराब अवस्थाका कारण सवारीसाधन बिग्रिने, मर्मत खर्च बढ्ने र यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुने गरेका छन्। यसले दैनिक आवतजावतसँगै स्थानीय कृषि उत्पादनको ढुवानी र बजारीकरणमा समेत असर पारेको छ।

लामो समयसम्म निर्माण कार्य अघि बढ्न नसकेपछि पछिल्लो जिम्मेवारी पाएको कन्टेक प्रालिले पनि अपेक्षाअनुसार प्रगति गर्न सकेको छैन। चालु महिनाको मसान्तमा ठेक्का सम्झौताको म्याद सकिँदैछ। यही कारण आयोजना कार्यालयले ठेक्का निरन्तरता दिने वा रद्द गर्ने भन्ने विषयमा स्थलगत निरीक्षण गरेको हो।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमका प्रमुख सञ्जयकुमार मिश्रले अब पनि निर्माणमा उल्लेख्य प्रगति नभए ठेक्का रद्द गरेर नयाँ प्रक्रियामार्फत काम अघि बढाइने बताए। उनका अनुसार आगामी एक महिनाभित्र सन्तोषजनक प्रगति नदेखिए ठेक्का सम्झौता तोड्ने तयारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेले मध्यपहाडी लोकमार्ग तेह्रथुमको आर्थिक तथा सामाजिक विकाससँग प्रत्यक्ष जोडिएको आयोजना भएकाले निर्माणमा भइरहेको ढिलाइ अब स्वीकार्य नहुने बताए। उनले सडक निर्माणलाई गति दिन निर्माण कम्पनी, आयोजना कार्यालय र सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

यता, गत वैशाखमा निर्माणको जिम्मेवारी पाएको कन्टेक प्रालिले भने हालसम्म करिब ८० प्रतिशत भौतिक प्रगति भएको दाबी गरेको छ। कम्पनीका अनुसार नाली निर्माण, पर्खाल लगाउने तथा सडकको बेस बिछ्याउनेलगायतका काम सम्पन्न भइसकेका छन्।

आवश्यक स्रोतसाधनको अभावले निर्माण प्रभावित भएको स्वीकार गर्दै कम्पनीका प्रतिनिधि हरिबाबु पन्तले आगामी फागुनसम्ममा काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। तर, यसअघि पनि पटक–पटक म्याद थपिएर निर्माण सम्पन्न गर्ने आश्वासन दिइए पनि काम पूरा हुन नसकेकाले स्थानीयवासीमा पछिल्लो प्रतिबद्धताप्रति आशा र आशङ्का दुवै देखिएको छ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग तेह्रथुम जिल्लामा करिब ११९ किलोमिटर लम्बाइमा फैलिएको छ। त्यसमध्ये हालसम्म करिब ९५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने बाँकी खण्ड निर्माणकै क्रममा छन्।

यस लोकमार्गले जिल्लाका विभिन्न बस्तीलाई जोड्नुका साथै कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। तर, सडक निर्माणमा भइरहेको निरन्तर ढिलाइका कारण स्थानीयले अपेक्षित विकासको लाभ लिन सकेका छैनन्।

पछिल्लो स्थलगत अनुगमन र ठेक्का रद्द गर्नेसम्मको चेतावनीपछि खोरुङ्गा खोला–यावरा सडक निर्माणले गति लिने र वर्षौंदेखिको यातायात समस्याबाट स्थानीयले मुक्ति पाउने अपेक्षा गरिएको छ।

Previous Post

गरिबको जीवनभन्दा मृत्युको मूल्य बढी ? ‘पिपली लाइभ’ले देखाएको राजनीति र मानवीय संवेदनाको वास्तविकता

Next Post

एनपीएलको तेस्रो संस्करणका लागि श्रीलंकाली ब्याटर थनुका दबारे सुदूरपश्चिम रोयल्समा आबद्ध

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav