• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एनपीएलको तेस्रो संस्करणका लागि श्रीलंकाली ब्याटर थनुका दबारे सुदूरपश्चिम रोयल्समा आबद्ध

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
एनपीएलको तेस्रो संस्करणका लागि श्रीलंकाली ब्याटर थनुका दबारे सुदूरपश्चिम रोयल्समा आबद्ध
0
SHARES
5
VIEWS

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले श्रीलंकाली ब्याटर थनुका दबारेसँग सम्झौता गरेको छ। शीर्ष क्रममा आक्रामक ब्याटिङ गर्ने क्षमता भएका दबारेको आगमनले टोलीको ब्याटिङ पक्ष थप मजबुत हुने अपेक्षा गरिएको छ।

श्रीलंकाली क्रिकेटमा घरेलु तथा विभिन्न प्रतियोगितामार्फत आफ्नो क्षमता देखाइसकेका दबारेले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनवटै प्रारूपमा खेलेका छन्।

उनले ५० टी–२० खेलमा एक शतक र पाँच अर्धशतकसहित कुल ९२३ रन बनाएका छन्। यस प्रारूपमा उनको स्ट्राइक रेट १४२.६५ रहेको छ। उनले टी–२० क्रिकेटमा ४७ छक्का र ८६ चौका प्रहार गरेका छन्। बलिङतर्फ पनि योगदान दिएका दबारेले ५० खेलमा २६ विकेट लिएका छन्।

त्यस्तै, ६७ लिस्ट ए खेलमा उनले एक शतक र नौ अर्धशतकको मद्दतमा एक हजार ६७८ रन बनाएका छन्। यस क्रममा उनले ६३ विकेटसमेत हात पारेका छन्।

प्रथम श्रेणी क्रिकेटमा ४९ खेल खेलेका दबारेले दुई हजार २७५ रन बनाउनुका साथै ११ विकेट लिएका छन्।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले दबारेको अनुबन्धले टोलीको शीर्ष क्रम थप बलियो हुने विश्वास व्यक्त गरे। अनुभवी तथा आक्रामक शैलीमा ब्याटिङ गर्न सक्ने खेलाडी भएकाले उनको उपस्थितिले टोलीको ब्याटिङमा थप गहिराइ ल्याउने खड्काको भनाइ छ।

टोलीमा आबद्ध भएपछि दबारेले पनि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न पाउँदा खुसी व्यक्त गरेका छन्। उनले नेपाल आएर टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्ने र उपाधि जिताउने अभियानमा योगदान पुर्‍याउने लक्ष्य रहेको बताए।

Previous Post

११ वर्षदेखि अलपत्र तेह्रथुमको खोरुङ्गा–यावरा सडक, ठेक्का रद्द गर्ने चेतावनी

Next Post

‘बिग बोस २०’ मा स्काउट र लभबीच विवाद चर्कियो, अभिनेत्रीको प्रतिक्रियामाथि सामाजिक सञ्जालमा बहस

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav