• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पाटनमा आजदेखि ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच सुरु, १२ दिनसम्म प्रदर्शन गरिने

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
पाटनमा आजदेखि ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच सुरु, १२ दिनसम्म प्रदर्शन गरिने
0
SHARES
0
VIEWS

ललितपुर । मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको ऐतिहासिक पहिचान बोकेको कार्तिक नाच आजदेखि ललितपुरको पाटनमा सुरु हुँदैछ। करिब ३८६ वर्ष पुरानो इतिहास रहेको यस नाचलाई यस वर्ष १२ दिनसम्म प्रदर्शन गरिने कार्तिक नाच संरक्षण समितिले जनाएको छ।

समितिका अध्यक्ष किरण चित्रकारका अनुसार कात्तिक २७ गतेदेखि मङ्सिर ८ गतेसम्म प्रत्येक दिन साँझ ७ बजे पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा नाच प्रस्तुत गरिनेछ।

नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणका साथै धार्मिक तथा सांस्कृतिक उद्देश्यले कार्तिक नाचको सुरुवात गराएका थिए। नेपाल भाषामा ‘कात्ति प्याखं’ नामले चिनिने यस नाचमा भगवान् विष्णुका विभिन्न अवतार, कृष्णलीला, धार्मिक कथावस्तु र परम्परागत लोकनाटक प्रस्तुत गर्ने चलन छ।

कार्तिक नाच संरक्षण समितिका उपाध्यक्ष प्रकाशराज शर्माका अनुसार यस वर्ष भक्त सुरदास प्याखं, माधवानर लीला, बायः प्याखं, बाथः प्याखं, जलशयण, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला र दधि लीलालगायतका प्रस्तुति समावेश गरिएका छन्।

ऐतिहासिक रूपमा लामो समयसम्म सञ्चालन हुँदै आएको कार्तिक नाचको अवधि विभिन्न समयमा घटबढ भएको थियो। विसं २०३८ देखि २०६० सम्म आठ दिन प्रदर्शन गरिएको नाच विसं २०७० मा १० दिन र २०७१ देखि २०७६ सम्म १२ दिन सञ्चालन गरिएको थियो। कोरोना महामारीका कारण विसं २०७७ मा भने यसको प्रदर्शन दुई दिनमा सीमित भएको थियो।

संरक्षणका लागि १० करोडको अक्षयकोष बनाउने लक्ष्य

ऐतिहासिक महत्त्व बोकेको यस नाचलाई निरन्तरता दिन आर्थिक स्रोतको व्यवस्थापन, कलाकारको व्यावसायिक विकास र नयाँ पुस्तामा परम्परागत सीप हस्तान्तरण मुख्य चुनौतीका रूपमा देखिएका छन्।

कार्तिक नाचको संरक्षणका लागि ललितपुर महानगरपालिकाले यसअघि एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो। उक्त कोषमा पछि थप १० लाख रुपैयाँसमेत जम्मा गरिएको थियो। यस वर्ष नाच सञ्चालनका लागि महानगरपालिका–१६ ले १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

दीर्घकालीन रूपमा नाचको संरक्षण र व्यवस्थापन गर्न समितिले १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको छ। कार्तिक नाच प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायका अनुसार ऐतिहासिक स्वरूपअनुसार नाचलाई पुनः २७ दिनसम्म सञ्चालन गर्न सक्ने वातावरण तयार पार्ने योजना पनि अघि बढाइएको छ।

यसैबीच, महानगरपालिका–१६ का अध्यक्ष निर्मलरत्न शाक्यले कार्तिक नाचलाई नेपालको राष्ट्रिय गौरवसँग जोडिएको ऐतिहासिक सम्पदाका रूपमा स्थापित गर्ने प्रयास भइरहेको बताए। उनले यस सांस्कृतिक परम्परालाई विश्वको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गराउने तयारी भइरहेको जानकारी दिए। आगामी वर्षदेखि नाचलाई पुनः २७ दिनसम्म सञ्चालन गर्ने तयारीसमेत भइरहेको उनको भनाइ छ।

कार्तिक नाच संरक्षण समितिले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग पुर्‍याउन सर्वसाधारण, संस्कृतिप्रेमी तथा स्वदेशी र विदेशी पर्यटकलाई पाटन पुगेर नाचको अवलोकन गर्न आग्रह गरेको छ।

Previous Post

कोप–३१ मा शेर्पा पोशाक लगाएको विषयमा मन्त्री चौधरीको आलोचना

Next Post

ईभीको सिट क्षमता र रुट परमिट वितरणमाथि छानबिन गर्न माग : सरोज सिटौला

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav