महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ निर्धारण गरेको छ। यसअघि तिहारअघि अन्तिम कारोबार भएको कात्तिक २२ गते सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य पनि ९ हजार ६८५ रुपैयाँले घटेको छ। यससँगै शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ३२ हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। तिहारअघि यही परिमाणको सुनको मूल्य २ लाख ४२ हजार ६२५ रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँमा झरेको छ। तिहारअघि चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, १० ग्राम चाँदीको मूल्य ९५ रुपैयाँले घटेर ३ हजार १७२ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
तिहार बिदाको समयमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आएको उतारचढाव र गिरावटको असर नेपाली बजारमा परेको महासंघले जनाएको छ।
