• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पश्चिमी वायु सक्रिय हुँदा आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
पश्चिमी वायु सक्रिय हुँदा आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव
0
SHARES
5
VIEWS

देशका पश्चिमी भूभागबाट पश्चिमी वायुको प्रभाव विस्तार हुँदै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ। वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिना पर्ने सम्भावना रहेकाले किसानलाई धानबाली तथा पराल सुरक्षित राख्न सुझाव दिइएको छ।

मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यी दुई दिन पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने भए पनि ठूलो मौसमी परिवर्तनको संकेत देखिएको छैन।

तर आइतबारदेखि पश्चिमी वायु सक्रिय भएसँगै मौसममा केही बदली आउने अनुमान गरिएको छ। विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा हुनसक्नेछ। यसको प्रभाव गण्डकी प्रदेशसम्म पुग्ने सम्भावना रहेको पोखरेलले बताएका छन्। त्यस्तै, बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रमा पनि छिटपुट वर्षा हुनसक्ने अनुमान छ।

सम्भावित वर्षासँगै असिना, चट्याङ र मेघगर्जनसमेत हुनसक्ने भएकाले कृषि क्षेत्रमा सावधानी आवश्यक रहेको मौसमविद्को भनाइ छ। अहिले खेतमै रहेको धानबाली तथा काटेर सुकाउन राखिएको परालमा वर्षा र असिनाले क्षति पुर्‍याउन सक्ने भएकाले किसानले समयमै बाली सुरक्षित गर्नुपर्ने सुझाव दिइएको छ।

पोखरेलका अनुसार आगामी दिनमा पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय भए पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात गराउन सक्छ। यद्यपि, हाल देखिएको मौसमी प्रणालीले देशभर ठूलो प्रभाव पार्ने सम्भावना छैन। अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली भेगमा मध्यम खालको हिमपात हुनसक्ने भए पनि तत्काल ठूलो मौसमी जोखिमको अवस्था नरहेको उनले बताएका छन्। हिउँदमा हुने वर्षा र हिमपातले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले यसलाई सकारात्मक रूपमा समेत लिन सकिने उनको भनाइ छ।

पश्चिमी वायुबाट विकसित हुने न्यूनचापीय प्रणाली सामान्यतया छिटो सर्ने प्रकृतिको हुने भएकाले यसबाट केही समय वर्षा भएर मौसम पुनः सामान्य अवस्थामा फर्कन सक्ने मौसमविद्ले उल्लेख गरेका छन्। असिना पनि सबै क्षेत्रमा एकैपटक पर्ने नभई सीमित स्थानमा मात्रै पर्ने सम्भावना रहन्छ।

यस वर्ष मनसुन अवधिमा एल निनोको प्रभावका कारण कम वर्षा हुनसक्ने अनुमान गरिए पनि नेपालमा अपेक्षाकृत नियमित वर्षा भएको पोखरेलले बताएका छन्। मनसुन र हिउँदमा एल निनोको प्रभाव फरक हुने भएकाले मनसुनमा कम वर्षा भयो भन्दैमा हिउँदमा पनि सुक्खा नै हुन्छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनले स्पष्ट पारेका छन्।

हिउँदमा पश्चिमी वायुबाट विकसित हुने न्यूनचापीय प्रणाली सक्रिय हुँदा वर्षा र हिमपात हुनसक्ने भएकाले आगामी मौसमी अवस्था त्यसैमा निर्भर रहनेछ। समग्र हिउँदमा कस्तो मौसम रहनेछ भन्ने विषयमा भने मौसम विज्ञान विभागले छुट्टै मौसमी पूर्वानुमान सार्वजनिक गर्नेछ।

मौसमविद् पोखरेलले विभागबाट जारी हुने मौसम पूर्वानुमान तथा परामर्श नक्सा नियमित रूपमा हेर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। विशेषगरी पहेँलो संकेत देखाइएका क्षेत्रका बासिन्दाले मौसमसम्बन्धी सूचनालाई गम्भीरतापूर्वक लिनुपर्ने उनको सुझाव छ।

समग्रमा आगामी मौसमी प्रणालीबाट ठूलो विपद्को सम्भावना नरहे पनि कृषि क्षेत्रमा हुनसक्ने क्षतिप्रति सचेत रहन आवश्यक देखिएको छ। धान काट्न बाँकी रहेका किसानले मौसमको अवस्था हेरेर बाली भित्र्याउन तथा काटिसकेको धान र पराल सुरक्षित स्थानमा राख्नुपर्ने मौसमविद्को सुझाव छ।

Previous Post

नागरिकको जीवनसँग जोडिएको विषयमा सरकार किन उदासीन ? : कांग्रेस

Next Post

निर्वाचनमा धक्का लागेपछि ट्रम्पको रणनीति फेरियो, भान्सलाई भ्रष्टाचारविरुद्ध अभियान चलाउन निर्देशन

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav