काठमाडौं । चीन भ्रमणको तयारीमा रहेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छलफल बिहान सवा ११ बजेदेखि सुरु भएको हो ।
रास्वपाका २० जना नेता आइतबार (२९ कात्तिक) देखि चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ । भ्रमणमा जानुअघि प्रधानमन्त्री शाहले टोलीसँग छलफल गरेका हुन् ।
