बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको आधारमा उक्त लाभांश दिने प्रस्ताव पारित गरेको हो। प्रस्तावित लाभांशमध्ये ३.४० प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांशमा करसमेत समावेश गरिएको बैंकले जनाएको छ।
यद्यपि, प्रस्तावित लाभांश वितरणका लागि बैंकको आगामी साधारणसभा र नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त हुनुपर्नेछ। आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै सेयरधनीले लाभांश प्राप्त गर्नेछन्।
नेपाल एसबीआई बैंकको घोषणासँगै हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकको संख्या १२ पुगेको छ।
लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्न बाँकी रहेका चार बैंकमा नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनएमबी बैंक रहेका छन्।
बुक क्लोज हुनुअघि यी बैंकका सेयर खरिद गर्ने लगानीकर्ताले सम्बन्धित बैंकको घोषित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।
