• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कप्तानगञ्ज घटनाका पीडितलाई न्याय दिन राप्रपाको सरकारसँग माग

छानबिन प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न प्रमुख सचेतक खुश्बु ओलीद्वारा गृह मन्त्रालयको ध्यानाकर्षण

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
कप्तानगञ्ज घटनाका पीडितलाई न्याय दिन राप्रपाको सरकारसँग माग
0
SHARES
2
VIEWS

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनाका पीडित परिवारलाई न्याय र राहत उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी छन्।

ओलीले शुक्रबार गृहसचिवलाई ध्यानाकर्षण पत्र बुझाउँदै घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न, दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन र पीडित परिवारका माग पूरा गर्न सरकारसँग आग्रह गरेकी हुन्।

उनले घटनापछि सरकारले पीडित परिवारसँग गरेका प्रतिबद्धता अझै कार्यान्वयन नभएको विषय उठाउँदै पीडित हिन्दू परिवारका सदस्यलाई शहीद परिचयपत्र उपलब्ध गराउन र परिवारका सदस्यका लागि रोजगारीको व्यवस्था गर्न माग गरेकी छन्।

कप्तानगञ्जवासीको भावना र पीडित परिवारको अपेक्षाअनुसार आफूले गृहसचिवलाई ध्यानाकर्षण पत्र बुझाएको ओलीले नेपाल प्रेसलाई बताएकी छन्।

उनले छानबिन प्रतिवेदन सार्वजनिक गर्ने, दोषीलाई कानुनी दायरामा ल्याउने, शहीद परिचयपत्र वितरण गर्ने र रोजगारी सुनिश्चित गर्ने विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

सरकारले पीडित परिवारलाई न्याय दिलाउने तथा राहत र अन्य सुविधा उपलब्ध गराउने विषयमा गरेका प्रतिबद्धता कागजमा सीमित नभई व्यवहारमै कार्यान्वयन हुनुपर्ने ओलीको जोड छ।

पीडित परिवारले न्याय, सम्मान र राज्यबाट गरिएका प्रतिबद्धताको कार्यान्वयनको प्रतीक्षा गरिरहेका बेला राप्रपाले गृह मन्त्रालयमार्फत सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेको हो।

 

Previous Post

जनताको आवाज दबाएर होइन, प्रश्नको जवाफ दिएर चल्नुपर्छ लोकतान्त्रिक सरकार

Next Post

भीमफेदी दुर्घटनाप्रति कांग्रेसको दुःख, राहत र निःशुल्क उपचारको माग

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav