फिल्मकी निर्मात्री जिया केसीले शुक्रबार विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताविरुद्ध उजुरी दर्ता गराएकी हुन्।
सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका भिडियो क्लिपहरू टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युबलगायतका प्लेटफर्ममा अनधिकृत रूपमा रेकर्ड गरी अपलोड गरिएको निर्माण पक्षको आरोप छ।
यसरी फिल्मका दृश्य सार्वजनिक गर्दा सर्जक तथा निर्माण पक्षको अधिकार उल्लङ्घन भएको भन्दै जियाले सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही र क्षतिपूर्तिको माग गरेकी छन्।
भुवन केसीको निर्देशनमा बनेको ‘बाटुलो जून’ बिहीबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शन भइरहेको छ। फिल्ममा अनमोल केसी र प्रिन्सी खतिवडा मुख्य भूमिकामा छन्।
