• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

सकारी कोषमा जम्मा नै गर्दैनौँ भनेका होइनौँ तर हाम्रो प्राथमिकता पीडितलाई प्रत्यक्ष राहत पुर्‍याउनु होः ओली

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१९ भाद्र २०८३, शुक्रबार
A A
सकारी कोषमा जम्मा नै गर्दैनौँ भनेका होइनौँ तर हाम्रो प्राथमिकता पीडितलाई प्रत्यक्ष राहत पुर्‍याउनु होः ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष रूपमा राहत पुर्‍याउनु पार्टीको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले एमालेले आफ्नै सामर्थ्य र कार्यकर्ताको परिचालनमार्फत राहत सङ्कलन तथा वितरण गरिरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीले प्रारम्भिक रूपमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री वितरण गर्ने लक्ष्य राखेको भए पनि राहतको कुल परिमाण त्योभन्दा बढी हुने देखिएको छ ।

अध्यक्ष ओलीले राहत सरकारी कोषमा जम्मा गर्नुभन्दा पीडितलाई प्रत्यक्ष रूपमा आवश्यक सामग्री तथा सहयोग पुर्‍याउन प्राथमिकता दिइएको बताउनुभयो । उद्धार तथा राहतका कार्य सम्पन्न भएपछि अवस्थाअनुसार सरकारी कोषमा पनि सहयोग गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।

राहत रकम सरकारी कोषमा जम्मा गर्ने विषयमा स्पष्ट पार्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले सरकारी कोषमा रकम जम्मा नै गर्दैनौँ भनेका होइनौँ । तर सरकारी कोषमा जम्मा भएको रकम समयमै पीडितसम्म पुग्न ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै हामीले सिधै पीडितको हातमा राहत पुर्‍याउने कार्यलाई प्राथमिकता दिएका छौँ ।’

हालको विषम परिस्थितिमा उद्धार र राहत वितरणलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले पीडितको आवश्यकता सम्बोधन गर्न पार्टी दत्तचित्त भएर लागिपरेको बताउनुभयो ।

Previous Post

अफगानिस्तानमा एक वर्षमा दुई हजार आठ सयभन्दा बढी हतियार बरामद

Next Post

विपद्को समयमा एआईमार्फत ‘स्टन्ट’ नगर्न अध्यक्ष ओलीको आग्रह

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In