एजेन्सी । बोस्निया र हर्जेगोभिनामा निर्माण भइरहेको क्वान्ज–बुना राजमार्ग खण्डअन्तर्गतको क्वान्ज सुरुङ छिचोलिएको छ । क्वान्ज–बुना खण्ड पान–युरोपेली करिडोर पाँचको महत्वपूर्ण हिस्सा हो । यो मार्गले मध्य तथा दक्षिणपूर्वी युरोपलाई भूमध्यसागरीय क्षेत्रसँग जोड्ने प्रमुख यातायात मार्गका रूपमा काम गर्छ ।
क्वान्ज–बुना खण्डको निर्माण चाइना रोड एन्ड ब्रिज कर्पोरेसनको नेतृत्वमा अजरबैजानको अजभिर्त र बोस्निया तथा हर्जेगोभिनाको हेरिङ कम्पनी सम्मिलित निर्माण समूहले गरिरहेको छ । चाइना रोड एन्ड ब्रिज कर्पोरेसनका परियोजना उपप्रवन्धक याङ दोङलाईले परियोजना गत अक्टोबरको अन्त्यमा शुरु भएको र करिव १० महिनामै सुरुङ निर्माणमा उल्लेखनीय प्रगति हासिल गरिएको बताउनु भयो ।
बोस्निया तथा हर्जेगोभिनाका लागि चिनियाँ राजदूत ली फानले एक वर्षभन्दा कम समयमै चिनियाँ कम्पनीले परियोजनाको सबैभन्दा महत्वपूर्ण र चुनौतीपूर्ण खण्डको निर्माण सम्पन्न गरेको बताउनु भयो ।
