• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

‘पूर्वाधारमा लगानी बढाएर उत्पादन प्रणालीसँग जोड्नुपर्छ’: आशिष गजुरेल

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२४ भाद्र २०८३, बुधबार
A A
‘पूर्वाधारमा लगानी बढाएर उत्पादन प्रणालीसँग जोड्नुपर्छ’: आशिष गजुरेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नेपालले अब पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्ने बताएका छन्।

ललितपुरमा बुधवार आयोजित अन्तर्राष्ट्रिय सिम्पोजियम ‘सस्टेनेबल ट्रान्सपोर्टेसन एण्ड मोबिलिटी’मा बोल्दै गजुरेलले सीमित स्रोतसाधनबाट धेरै पूर्वाधार निर्माण गर्नेभन्दा गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए।

उनले सडक तथा यातायात पूर्वाधारलाई उत्पादन प्रणालीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। उद्योग, कृषि, जलविद्युत् तथा अन्य उत्पादन क्षेत्रसँग सडक सञ्जाल जोड्न नसकिएसम्म पूर्वाधारमा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त नहुने उनको भनाइ थियो।

नेपालमा जहाँ बस्ती बसे पनि सरकारले सडक, खानेपानीलगायत आधारभूत पूर्वाधार पुर्‍याउनुपर्ने अवस्थाले राज्यको सीमित स्रोतमा थप दबाब सिर्जना गरेको उनले बताए। त्यसैले बस्ती विकाससम्बन्धी स्पष्ट नीति आवश्यक रहेको उनको भनाइ थियो।

हालैको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै गजुरेलले भविष्यमा यस्ता विपद् सामना गर्न सक्ने लचिलो (रेजिलियन्ट) पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।

आफू ४५ वर्षको हुँदा पनि बाल्यकालदेखि सुनिँदै आएको कृष्णभीरको पहिरोको समस्या अझै उस्तै रहेको उदाहरण दिँदै उनले पूर्वाधार विकासमा दीर्घकालीन समाधान खोज्नुपर्ने बताए।

सभापति गजुरेलले भने, ‘हामीले उत्पादन प्रणालीसँग जोडिने गरी पूर्वाधार निर्माण गर्नुपर्छ। उद्योग, कृषि, जलविद्युत् र अन्य उत्पादन प्रणालीसँग सडक जोड्न सकेनौँ भने पूर्वाधारमा गरेको लगानीबाट प्रतिफल प्राप्त हुँदैन।’

गजुरेलले मुलुकको पूर्वाधार आवश्यकता सरकारले मात्रै लगानी गरेर पूरा गर्न नसक्ने बताए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निजी क्षेत्र, बहुपक्षीय विकास साझेदार, दातृ निकाय तथा विदेशी सरकारलाई नेपालका पूर्वाधार क्षेत्रमा लगानी र सहयोग गर्न उनले आग्रह गरे।

नेपाल सरकार निजी क्षेत्रमैत्री रहेको दाबी गर्दै उनले पूर्वाधार निर्माणमा लगानी गर्न इच्छुक निजी क्षेत्रले कुनै समस्या वा प्रक्रियागत अवरोध भोगे सरकारसँग प्रत्यक्ष सम्पर्क गर्न आग्रह गरे।

वातावरणीय प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण तथा सरकारी स्वीकृतिलगायत विषयमा देखिने समस्या कतिपय अवस्थामा सञ्चारको अभावका कारण पनि हुनसक्ने उनले बताए।

सिम्पोजियमबाट प्राप्त विज्ञहरूको सुझाव र निष्कर्षलाई नेपालको आगामी पूर्वाधार विकास नीतिमा उपयोग गर्नुपर्नेमा जोड दिँदै गजुरेलले वर्तमान पूर्वाधार अवस्था र भविष्यको आवश्यकताबारे गम्भीर छलफल गर्न आयोजक तथा सहभागीलाई आग्रह गरे।

—न्युज एजेन्सी नेपाल

 

Previous Post

‘जेन–जी आन्दोलनसम्बन्धी मानव अधिकार आयोग र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ कि पर्दैन ?’

Next Post

हिमनदी निगरानी र पूर्वसूचना प्रणालीलाई राष्ट्रिय प्राथमिकता बनाऔँ : सांसद राणा

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In