• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

सडकपेटीमा प्रसूती घटनाः ड्युटीमा रहेका अस्पतालका कर्मचारी बर्खास्त

रिजन ढकाल by रिजन ढकाल
२६ भाद्र २०८३, शुक्रबार
A A
सडकपेटीमा प्रसूती घटनाः ड्युटीमा रहेका अस्पतालका कर्मचारी बर्खास्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्त्री निशा मेहताले भनिन्– ‘घटनालाई गम्भीरतापूर्वक लिई आवश्यक छानबिन अघि बढाएका छौँ’

काठमाडौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिरै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले आवश्यक छानबिन अघि बढाएको जानकारी दिएकी छिन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिई आवश्यक छानबिन अघि बढाइएको बताएकी छिन् । उनले घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरुमाथि पनि छानबिन भइरहेको बताइन् । घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ तथा एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको उनले जानकारी दिएकी छिन् । उनले घटनाबारे मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागिसकेको र अस्पतालले स्पष्टीकरण समेत पेश गरिसकेको जानकारी दिइन् । प्रसूति भएपछि आमा र नवजात शिशुलाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याई आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै बस्न आग्रह गरेको पनि मन्त्री मेहताले सभालाई जानकारी गराएकी छिन् ।

उनले भनिन्, ‘माननीयज्यूहरुले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिरै एक आमाले बच्चा जन्माएको घटनाका सम्बन्धमा उठाउनुभएको विषयप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको जानकारी प्राप्त हुनसाथ मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा २४ घण्टे स्पष्टीकरण माग गरेको थियो र अस्पतालबाट स्पष्टीकरण पेश भइसकेको पनि छ । यसका साथै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीबाट डाक्टर अजय शाह सहित ५ सदस्यीय टोली हिजो नै स्थलगत छानबिनका लागि राजविराज पुगिसकेका छन् । उक्त टोलीसँगै मन्त्रालयको तर्फबाट स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डाक्टर पवनजङ्ग रायमाझी समेत रहनुभएको छ । उक्त घटनाका सम्बन्धमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समिति गठन भइसकेको छ । साथै अस्पतालको सो घटनाको बखत डिउटीमा रहेका कर्मचारीहरुलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन सुरु भइसकेको छ । मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकोले राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ । अस्पतालबाट प्राप्त प्रारम्भिक विवरण अनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसवको अवस्थामा ३० वर्षीया बबिता कुमारी पासवान अस्पताल आउनुभएको थियो । प्रारम्भिक अवस्था स्वास्थ्य परीक्षण पछि उहाँलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको थियो । आवश्यक जाँच सम्बन्धी रिपोर्ट उपलब्ध नभएको कारणले अति आवश्यक जाँच गर्न सुझाव दिइएको थियो । त्यसपछि उहाँ र उहाँको कुरुवा अस्पतालले उपलब्ध गराएको शय्यामा नरही अस्पतालबाट बाहिरिनुभएको र बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेट बाहिर प्रसूति भएको जानकारी प्राप्त भएको छ । प्रसूति भएपछि आमा र नवजात नवजात शिशु सालनाल सहित पुनः प्रसूति वार्डमा आएपछि डिउटीमा रहेका स्वास्थ्यकर्मीले नाल काट्नुका साथै प्रसूति पश्चात् आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै रहन अनुरोध गरिए तापनि उहाँ अस्पतालबाट बाहिरिनुभएको विवरण अस्पतालबाट प्राप्त भएको छ । यसका लागि छानबिन समितिले काम गरिरहेको छ । छानबिन प्रतिवेदन प्राप्त भए पश्चात् दोषी देखिएकाहरुमाथि कानून बमोजिम कारबाही हुने नै छ । यस्तो अवस्था दोहोरिने यस्तो अवस्था फेरि पनि दोहोरिन नदिन अवस्था अस्पतालले प्रतिबद्धता व्यक्त गरिसकेको छ र मन्त्रालयले समेत यसमा गम्भीरतापूर्वक लिई अस्पताललाई सचेत गराइसकेको छ ।’

उनले अस्पतालले आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरिसकेको बताएकी छिन् ।

Previous Post

सरकारले राष्ट्रबैक माथी हस्तक्षेप गरेको छैन : अर्थमन्त्री डा वाग्ले

Next Post

एमाले संगठन पुनर्गठनसम्बन्धी कार्यदलमा दुई प्रतिवेदन, दुईदिन अध्ययन गरेर एउटै बनाईने

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In