राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने बताएका छन्।
बिहीवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले संविधान संशोधनका लागि संविधान र कानूनले तोकेका सबै प्रक्रियालाई पालना गर्नुपर्ने बताए।
सरकारलाई आवश्यक संख्या जुटाउन सहयोग गर्ने दलहरूको सकारात्मक भावनाको स्वागत गर्दै उनले संशोधनजस्तो संवेदनशील विषयमा भावनाभन्दा कानूनी र संवैधानिक प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
