• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको समस्या सम्बोधन गर्न सकिन्छः अध्यक्ष दाहाल

रिजन खड्का by रिजन खड्का
३० भदौ, २०८३
A A
खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको समस्या सम्बोधन गर्न सकिन्छः अध्यक्ष दाहाल
0
SHARES
0
VIEWS

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्नसके जलवायु परिवर्तनको प्रभाव न्युनिकरणसँगै पानीका मुहान संरक्षण, भूक्षयीकरण नियन्त्रण र बेरोजगारीको समस्या समाधानमा समेत योगदान पुग्ने बताएका छन्।

मंगलवार ‘नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनस्र्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण’ सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले खर्क तथा चरन क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्दै व्यवस्थित रूपमा उपयोग गर्नुपर्ने बताएका हुन् । उनले जलवायु परिवर्तन अहिले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै टड्कारो र जटिल समस्याका रूपमा देखिएको उल्लेख गरे । यसबाट नेपालले ठूलो पीडा भोगिरहेको उनले बताए । जलवायु परिवर्तनमा नेपालको योगदान र अन्तर्राष्ट्रिय कारणबाट नेपालले भोग्नुपरेको असरबारे बहस भइरहे पनि आफ्नै तहबाट खर्क तथा चरन क्षेत्रको व्यवस्थापन गर्न सकिने अध्यक्ष दाहालले बताए । अध्यक्ष दाहालकाअनुसार खर्क क्षेत्र व्यवस्थित गर्नसके पानीका मुहान संरक्षण गर्न र भूक्षयीकरणबाट जमिन जोगाउन सकिन्छ । यसले वातावरणीय संरक्षणसँगै स्थानीय समुदायको आर्थिक गतिविधि र रोजगारी विस्तारमा समेत सहयोग पुर्याउन सक्छ ।

नेपालमा बेरोजगारीको समस्या जटिल बन्दै गएको उल्लेख गर्दै उनले रोजगारी सिर्जनाका नयाँ अवसर खोज्ने क्रममा भइरहेका सम्भावनालाई संरक्षण र प्रवद्र्धन गर्न पनि उत्तिकै ध्यान दिनुपर्ने बताएका छन् । उनले खर्क तथा चरन क्षेत्रलाई केवल परम्परागत पशुपालनको क्षेत्रका रूपमा नहेरी जलवायु अनुकूलन, प्राकृतिक स्रोत संरक्षण र रोजगारी सिर्जनासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले भने, ‘अहिले जलवायु परिवर्तन हाम्रो सबैभन्दा टड्कारो र जटिल समस्याका रूपमा देखिएको छ । यो राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरकै चुनौती हो । जलवायु परिवर्तनबाट नेपालले भोगेको क्षति र त्यसमा अन्तर्राष्ट्रिय कारणको भुमिकाबारे पनि बहस भइरहेको छ । यस्तो अवस्थामा हामीले आफ्नै ठाउँबाट खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित र संरक्षण गर्नसक्यौँ भने जलवायु परिवर्तन न्युनिकरण र अनुकूलनमा महत्वपूर्ण योगदान पुर्याउन सक्छौँ । खर्कको संरक्षणबाट पानीका मुहान जोगाउन, भूक्षयीकरण नियन्त्रण गर्न र वातावरणीय सन्तुलन कायम गर्न समेत सहयोग पुग्छ । त्यसैगरी, नेपालले भोगिरहेको बेरोजगारीको समस्या समाधानमा पनि खर्क तथा चरन क्षेत्र महत्वपूर्ण अवसर बन्न सक्छन् । पशुपालन तथा त्यससँग सम्बन्धित उत्पादन र व्यवसायलाई व्यवस्थित र प्रवद्र्धन गर्न सके स्थानीय स्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिन्छ । हामी नयाँ रोजगारीका अवसर खोजिरहेका छौँ, तर भइरहेका अवसरको संरक्षण, प्रवद्र्धन र व्यवस्थित उपयोगमा पर्याप्त ध्यान दिन सकेका छैनौँ कि भन्ने प्रश्न पनि यस विषयले उठाएको छ । त्यसैले खर्क तथा चरन क्षेत्रलाई संरक्षण, वातावरणीय सन्तुलन, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोडेर अघि बढाउन आवश्यक छ ।’

खर्क तथा चरन क्षेत्रको संरक्षण र पुनस्र्थापनाका लागि स्पष्ट नीति तथा प्रभावकारी व्यवस्थापन प्रणाली आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यस क्षेत्रमा रहेका अवसरलाई पहिचान गरी उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताए ।

Previous Post

खर्क तथा चरन क्षेत्रलाई रोजगारी सिर्जनासँग जोड्नुपर्छः अध्यक्ष दाहाल

Next Post

विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखलाई काँग्रेसको ध्यानाकर्षण

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav