• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बाढीपहिरोको विषय अन्तर्राष्ट्रिय फोरममा प्रभावकारी रुपमा उठाउनुपर्छः सांसद शाक्य

रिजन खड्का by रिजन खड्का
३१ भदौ, २०८३
A A
बाढीपहिरोको विषय अन्तर्राष्ट्रिय फोरममा प्रभावकारी रुपमा उठाउनुपर्छः सांसद शाक्य
0
SHARES
0
VIEWS

राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले नेपालमा भइरहेका बाढीपहिरोलगायत विपद्का विषयलाई अन्तर्राष्ट्रिय फोरममार्फत प्रभावकारी रूपमा उठाउनुपर्ने बताएकी छन्।

बुधवार समितिको बैठकमा बोल्दै शाक्यले नेपालमा विपद्का घटना भइरहेका बेला अन्तर्राष्ट्रिय फोरमलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताइन्। दुवै सदनमा विपद्का विषयमा आवाज उठिसकेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय संसदीय फोरममा अन्य देशहरूले जस्तै नेपालले पनि आपत्कालीन विषय छलफलका लागि प्रस्तुत गर्न सक्ने बताइन्।

शाक्यले नेपालले अन्तर्राष्ट्रिय फोरममा उठाउन सक्ने विषयका सम्भावित शीर्षकबारे समेत बैठकमा जानकारी गराइन्। उनका अनुसार विपद् तथा बाढीपहिरोबाट प्रभावित नेपालका लागि अन्तर्राष्ट्रिय सहयोग, विपद् व्यवस्थापन, जलवायु न्याय तथा पुनर्स्थापनासँग सम्बन्धित विषयलाई आपत्कालीन एजेन्डाका रूपमा अघि बढाउन सकिन्छ।

नेपालले प्रस्तुत गरेको विषयमा अन्य देशबाट समर्थन जुटाउन सके आवश्यक पुनर्निर्माण तथा पुनर्स्थापनाका पहल अघि बढाउन सहयोग पुग्ने उनले बताइन्।

आफू अन्तर्राष्ट्रिय फोरमको स्टेरिङ कमिटी सदस्यसमेत रहेको उल्लेख गर्दै शाक्यले सम्बन्धित विषयमा मन्त्रालयबाट आवश्यक समर्थन तथा अनुमोदन लिएर प्रस्ताव अघि बढाइसकेको जानकारी दिइन्। अब त्यसलाई महासभाबाट अघि बढाउनुपर्ने उनको भनाइ थियो।

शाक्यले हाल नेपालमा बाढी, पहिरो तथा हिमताल विस्फोटजन्य विपद्का घटना भइरहेकाले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा जलवायु विपद्का कारण नेपालले भोगिरहेको क्षति र त्यसबाट उत्पन्न दायित्वका विषयलाई आपत्कालीन एजेन्डाका रूपमा उठाउन सकिने बताइन्।

विशेषगरी जलवायु न्याय, क्षतिपूर्ति तथा अन्तर्राष्ट्रिय उत्तरदायित्वका विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सके नेपालले अन्तर्राष्ट्रिय समर्थन जुटाउन सक्ने उनले बताइन्।

यसका लागि अन्तर्राष्ट्रिय फोरममा प्रस्तुत गर्ने विषय र प्रस्तावको शीर्षक स्पष्ट र उपयुक्त ढंगले अन्तिम रूप दिन आवश्यक रहेको उनको भनाइ थियो। सम्बन्धित विषयमा आवश्यक अध्ययन, समन्वय र प्रस्ताव तयारीका लागि समितिअन्तर्गत विषयगत उपसमिति गठन गर्नुपर्ने उनले बताइन्।

उपसमितिमार्फत नेपालको जलवायुजन्य विपद्, अन्तर्राष्ट्रिय दायित्व र जलवायु न्यायका विषयमा अध्ययन गरी महासभालगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने शाक्यले बताइन्।

Previous Post

सांसदको व्यस्तताका कारण समितिको काम प्रभावित हुनसक्छः पूर्वसभापति गैरे

Next Post

समितिका प्रतिवेदन कार्यान्वयन भए–नभएको अनुगमन गर्नुपर्छः काँग्रेस सांसद श्रेष्ठ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav