• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया

रिजन ढकाल by रिजन ढकाल
१ आश्विन २०८३, बिहीबार
A A
सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसकी सांसद सीता थपलियाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुम्बासी नागरिकको पुनस्र्थापनामा भएको उपलब्धि सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले सरकार नागरिकका आधारभूत समस्या समाधान गर्न असफल भएको आरोप लगाइन्। मन्त्रीहरूले खुट्टा भाँच्ने र पाता फर्काउने कुरा गर्ने तर नागरिक रित्तो ग्यास सिलिन्डर बोकेर दिनभर लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै उनले सरकारको कार्यशैलीप्रति आपत्ति जनाइन्।

सुकुम्बासी नागरिकको घर भत्काइएपछि विभिन्न कारणले १० जनाको मृत्यु भएको दाबी गरिएको उल्लेख गर्दै थपलियाले सरकारले यसबारे आधिकारिक तथ्यांक सार्वजनिक गर्नुपर्ने बताइन्।

सुकुम्बासी बस्तीमा डोजर चलाएर टहरा हटाउनु मात्र समस्याको समाधान नभएको भन्दै उनले वास्तविक सुकुम्बासीलाई सम्मानपूर्वक स्थायी आवास र अधिकार उपलब्ध गराउन माग गरिन्।

उनले २०८३ साल वैशाख १३ गते काठमाडौंका नदी किनारमा बस्दै आएका सुकुम्बासी बस्तीमा डोजर चलाइएको र घर भत्काएपछि कतिपय परिवारलाई होल्डिङ सेन्टरमा राखिएको बताइन्। विस्थापनपछि विभिन्न कारणले मृत्यु भएका घटनाहरू सार्वजनिक भएको तथा सुकुम्बासी मोर्चाले १० जना नागरिकको मृत्यु भएको दाबी गरेको उल्लेख गर्दै उनले सरकारले अहिलेसम्म आधिकारिक तथ्यांक सार्वजनिक नगरेको बताइन्।

थपलियाले कति परिवारको पहिचान भयो, कति परिवारलाई स्थायी आवास दिइयो र बाँकी परिवारलाई कहिले आवास उपलब्ध गराइन्छ भन्ने विषयमा सरकारले स्पष्ट जानकारी दिनुपर्ने माग गरिन्।

पुराना राजनीतिक दलका कमजोरीमाथि प्रश्न उठाउन पाइने भए पनि पुराना दललाई गाली गरेर मात्र नयाँ मान्यता स्थापित नहुने उनको भनाइ थियो।

Previous Post

माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता मुख्य एजेण्डा

Next Post

देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In