वीरगन्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–६ की ११ वर्षीया सनाया खातुन बेपत्ता भएकी छन्।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार सनाया हराएको भन्दै उनकी आमा गुलाप्सा खातुनले मंगलबार मध्यान्ह प्रहरीमा निवेदन दर्ता गराएकी हुन्।
प्रहरी नायव उपरीक्षक दयाकृष्ण भट्टले बालिका बेपत्ता भएको उजुरी प्राप्त भएको पुष्टि गर्दै उनको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको जानकारी दिए।
प्रहरीले सनायाको अवस्थाबारे कुनै जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय सिमरामा सम्पर्क गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
