• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, November 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

परराष्ट्र मन्त्रालयमा ‘जलवायु कूटनीतिक शाखा’ स्थापनाः जलवायु परिवर्तनबारे अनुसन्धान तथा तथ्यांक संकलन मुख्य उद्देश्य

रिजन खड्का by रिजन खड्का
६ अशोज, २०८३
A A
परराष्ट्र मन्त्रालयमा ‘जलवायु कूटनीतिक शाखा’ स्थापनाः जलवायु परिवर्तनबारे अनुसन्धान तथा तथ्यांक संकलन मुख्य उद्देश्य
0
SHARES
0
VIEWS

विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय कूटनीतिक बहसमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले ‘जलवायु कूटनीतिक शाखा’ स्थापना गरेको छ।

जलवायु परिवर्तन र यसले पारेको प्रभावले नेपालको संस्कृति, सभ्यता र अस्तित्वमै चुनौती देखिएको भन्दै जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन तथा जलवायु प्रतिकार्यका लागि शाखा स्थापना गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताएका छन्।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले शाखाले कूटनीतिसँगै जलवायुजन्य विपद्को मूल्याङ्कन तथा वैज्ञानिक तथ्य र तथ्याङ्क संकलनको कामसमेत समानान्तर रूपमा गर्ने बताए।

उनका अनुसार शाखाले जलवायु कूटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने, जलवायु परिवर्तन तथा त्यसका प्रभावबारे संस्थागत रूपमा काम गर्ने र जलवायु प्रतिकार्यका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउनेछ।

प्रवक्ता क्षेत्रीले जलवायुजन्य विपद्को डेटा संकलनका लागि शाखाले नेपालमा रहेका जलवायुसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने निकायहरूसँग समेत समन्वय गर्ने बताए। जलवायु परिवर्तन र त्यसका प्रभावका विषयमा विभिन्न मन्त्रालय तथा निकायबाट भइरहेका कामलाई समन्वय गरी एकद्वार प्रणालीबाट अघि बढाउन शाखा स्थापना गरिएको उनको भनाइ छ।

उनले संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत रहने गरी उक्त शाखा स्थापना गरिएको बताए।

उनले भने, ‘रसुवाको भोटेकोशी बाढीको जुन विकराल अवस्था हामीले भोग्यौँ, यसले हामीलाई जलवायु कूटनीतिलाई प्रभावकारी बनाएर अगाडि लैजानुपर्छ भन्ने महसुस गरायो। भोटेकोशी बाढीले हाम्रो संस्कृति, सभ्यता र हाम्रो अस्तित्वमै चुनौती थपिएको तथा संकट उत्पन्न हुनसक्ने भएकाले जलवायु कूटनीतिलाई केन्द्रमा राखेर काम गर्नुपर्छ भनेर परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीतिक शाखा स्थापना गरिएको हो।’

उनका अनुसार उक्त शाखाले मुख्यतः तीनवटा विषयमा काम गर्नेछ। पहिलो, जलवायु कूटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने, दोस्रो, जलवायु परिवर्तन र यसको प्रभावबारे संस्थागत रूपमा काम गर्ने तथा तेस्रो, जलवायु प्रतिकार्यका कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने।

उनले अन्तर्राष्ट्रिय समुदायसँग कूटनीतिक बहसका लागि संस्थाको आवश्यकता पहिले नै रहेको र रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले त्यस आवश्यकतालाई थप बल पुर्‍याएको बताए। विदेशमा कूटनीतिक रूपमा काम गर्न आवश्यक सूचना, तथ्याङ्क तथा प्रमाण जुटाउन स्वदेशस्थित संस्थाहरूसँग समन्वय गरेर काम गर्ने उनले बताए।

उनले भने, ‘हामीले यस शाखाबाट सुरु गरे पनि परराष्ट्र मन्त्रालयले नै यसलाई चलाउँछौँ। जलवायु परिवर्तन र यसले पारेको प्रभावको विषयमा सम्बन्धित मन्त्रालयदेखि अन्य निकायलाई समेत अप्ठ्यारो परेको हुनसक्छ। उहाँहरूसँग पनि समन्वय गरी एकद्वार प्रणालीबाट काम गर्नका लागि पनि शाखाको स्थापना गरिएको हो।’

प्रवक्ता क्षेत्रीले यस शाखाले अन्तर्राष्ट्रिय मञ्चमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन तथा सभामा सहभागी हुँदा सरकारको कार्ययोजना र गृहकार्यमा समेत सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।

Previous Post

‘संसदमा एमाले–रास्वपाबीच जुहारी’

Next Post

भोटेकोशी बाढी पीडितको राहत र पुनर्निर्माणमा सरकारको उदासीनताः सांसद राई

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav