• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

नेपालले राष्ट्रसंघको महासभामा रसुवा बाढीलाई ‘जलवायुजन्य चरम विपद्को घटना’ का रुपमा प्रश्तुत गर्ने

रिजन ढकाल by रिजन ढकाल
७ आश्विन २०८३, बुधबार
A A
नेपालले राष्ट्रसंघको महासभामा रसुवा बाढीलाई ‘जलवायुजन्य चरम विपद्को घटना’ का रुपमा प्रश्तुत गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारले १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा संयुक्त राष्ट्रसंघको महासभामा उठाउने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले यस्तो बताएका छन्। उनले महासभामा सहभागी हुन जानुभएका प्रधानमन्त्री बालेन्द्र साहसमक्ष रसुवा बाढीबाट भएको क्षति, जलवायुजन्य जोखिम र नेपालले उठाउनुपर्ने विषय समेटिएको दस्तावेज हस्तान्तरण गरिसकेको जानकारी दिएका छन्।

उनले प्राधिकरणले रसुवा बाढीले गरेको क्षति र विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या समेटेर डकुमेन्ट्री निर्माण गरेको बताएका छन्। उनका अनुसार यस्ता घटनाबाट भविष्यमा हुने क्षति न्यूनीकरण तथा जलवायु न्यायको सिद्धान्तअनुसार क्षतिपूर्तिको विषय नेपालले महासभामा उठाउनेछ।

उनले हानि–नोक्सानी कोष, हरित जलवायु कोष तथा जलवायु वित्तसम्बन्धी अन्य अन्तर्राष्ट्रिय कोषबाट उचित वित्तीय क्षतिपूर्ति उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने तयारी रहेको पनि बताएका छन्।

उनले सरकारले राष्ट्रिय अनुकूलन योजना कार्यान्वयनसँगै नेपालको राष्ट्रिय रूपमा निर्धारित योगदान कार्यान्वयनका लागि पनि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको विषय महासभामा उठाउने तयारी गरेको बताएका छन्। राहतस्वरूप सहयोग मात्र नभई हरितगृह ग्यास उत्सर्जनमा प्रभाव पारिरहेका देशहरूले क्षतिपूर्ति दिनुपर्ने विषयमा सरकार गम्भीर रहेको पनि उनले बताएका छन्।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू आज संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदै हुनुहुन्छ। त्यसमा हामीले हाम्रा आफ्ना पोजिसनहरू तयार गरेका छौँ। रसुवाको भोटेकोशी बाढीको हानि–नोक्सानी र क्लाइमेट क्याटास्ट्रोफिकका बारेमा हामीले कस्तो कुरा राख्नुपर्छ भनेर त्यो कुरा सम्माननीय प्रधानमन्त्रीज्यूलाई दिएका छौँ।’

‘नेपाल जलवायु जोखिमको हिसाबले र जलवायु परिवर्तनको असर कस्तो हुन्छ भन्ने हिसाबले पनि यो कुरा संसारलाई देखाउन सकियोस् भन्ने हिसाबको गृहकार्य भएको छ। यो विपद् बाढी मात्रै नभएर जलवायु परिवर्तनको एक्सट्रिम इभेन्ट हो।’

‘यस्ता खालका एक्सट्रिम इभेन्ट भविष्यमा नहोस् र जलवायु न्यायको सिद्धान्त तथा अन्तर्राष्ट्रिय मान्यताका आधारमा हानि–नोक्सानीको कोष, हरित जलवायु कोष वा क्लाइमेट फाइनान्ससँग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय कोषबाट उचित क्षतिपूर्ति उपलब्ध हुनुपर्छ। नेपाल सरकारले राष्ट्रिय अनुकूलन योजना बनाएका छौँ र त्यसलाई कार्यान्वयन गर्न तथा एनडीसी (नेसनली डिटरमाइन्ड कन्ट्रिब्युसन) कार्यान्वयनका लागि पनि हामी अन्तर्राष्ट्रिय समुदायलाई भनिरहेका छौँ।’

कार्यकारी प्रमुख उप्रेतीका अनुसार वन तथा वातावरण मन्त्रालयमार्फत समेत रसुवा बाढीले गरेको क्षतिको तथ्यांक र जलवायु परिवर्तनको असरबारे महासभामा उठाइनेछ।

महासभामा भाग लिन प्रधानमन्त्री साह मंगलवार साँझ अमेरिका प्रस्थान गरिसकेका छन्।

Previous Post

हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)

Next Post

पठन संस्कृतिलाई अभियानका रूपमा अघि बढाउन विज्ञहरुको सुझाव

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In