• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

वेस्ट बैंकमा शिक्षाको संघर्षः इजरायली सैन्य घेराबन्दी र असुरक्षाका बीच विद्यार्थीको कष्टकर यात्रा

रिजन खड्का by रिजन खड्का
७ अशोज, २०८३
A A
वेस्ट बैंकमा शिक्षाको संघर्षः इजरायली सैन्य घेराबन्दी र असुरक्षाका बीच विद्यार्थीको कष्टकर यात्रा
0
SHARES
0
VIEWS

इजरायली सैन्य कारबाही, बस्तीमा हुने हिंसा र आवागमनमा लगाइएको कडा प्रतिबन्धका कारण वेस्ट बैंकका प्यालेस्टिनी विद्यार्थीका लागि विद्यालय पुग्नु दैनिक जीवनको सबैभन्दा ठूलो चुनौती बनेको छ ।

सन् २०२३ को अक्टोबरयता लगाइएको नाकाबन्दी र चेकपोस्टहरूको कडाइले शैक्षिक वातावरण गम्भीर रूपमा खलबलिएको छ । उत्तरी वेस्ट बैंकको कासरा शहरस्थित ‘मार्टिर यासेर अराफात बेसिक मिक्स स्कुल’ अहिले शिक्षाको केन्द्रभन्दा पनि असुरक्षाको प्रतीक बनेको छ । इजरायली बारको नजिकै रहेको यस विद्यालयमा पुग्नु विद्यार्थी र शिक्षक दुवैका लागि कष्टकर बनेको छ ।

कासराका मेयर अब्देल अजिम वादीका अनुसार, अक्टोबर १२, २०२३ देखि स्थानीय प्रवेशद्वार बन्द हुँदा शैक्षिक र आर्थिक गतिविधि ठप्पजस्तै बनेका छन् । विद्यार्थीलाई विद्यालयसम्म पुर्‍याउन अभिभावकहरूले हरेक दिन चेकपोस्टसम्म लिनुपर्ने बाध्यता छ ।

विद्यालयकी प्रधानाध्यापक डालिया ओदेहका अनुसार विद्यालयका अधिकांश विद्यार्थी र १४ मध्ये १० जना शिक्षकहरू समयमै पुग्न नसक्ने अवस्था छ । मिग्दालिम बस्ती नजिकै रहेको यस विद्यालयमा बारम्बार हुने सैन्य अपरेसन र स्थानीय बस्तीका मानिसहरूबाट हुने आक्रमणले विद्यार्थीमा मानसिक त्रास बढेको छ ।

साना बालबालिकाका लागि हिँड्ने बाटोहरू असुरक्षित भएपछि उनीहरू लामो र जोखिमपूर्ण बाटो तय गर्न बाध्य छन् । युनिसेफको पछिल्लो प्रतिवेदनले वेस्ट बैंक र पूर्वी जेरुसेलममा सन् २०२६ को पहिलो ६ महिनामा मात्रै २२४ वटा शैक्षिक घटनाहरू अभिलेख गरेको छ । यसमा बालबालिकाको हत्या, घाइते वा पक्राउ पर्ने, विद्यालयका भौतिक संरचनामा क्षति पुग्ने तथा विद्यालय भवनहरूलाई सैन्य उद्देश्यका लागि प्रयोग गरिने जस्ता गम्भीर घटनाहरू समावेश छन् ।

ओमल खैर प्राथमिक विद्यालयकी एक छात्रा मीरा अल–हाथालीन भन्छिन्, ‘हामी लामो र जोखिमपूर्ण बाटोबाट हिँड्नुपर्छ । बाटोमा बस्तीका मानिसहरू (सेटलर) भेटिने त्रासले सधैं त्रस्त हुन्छु । सजिलो बाटो बन्द भएपछि हामी धेरै ढिलो विद्यालय पुग्छौं, जसले हाम्रो पढाइमा नराम्रो असर गरिरहेको छ ।’

Previous Post

सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने

Next Post

इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav