बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विद्यालय तहका विद्यार्थीलाई राष्ट्रिय सेवा दलमार्फत ‘क्याडेट’ तालिम दिने र परिचालन गर्ने प्रावधानसहितको विधेयकमा बालअधिकार पूर्ण रूपमा सुनिश्चित गर्न जोडदार माग गरेको छ। अनुशासन, नेतृत्व विकास र विपद् व्यवस्थापनजस्ता गैरसैनिक कार्यक्रमहरू सकारात्मक भए पनि १८ वर्षमुनिका बालबालिकालाई सैन्य प्रकृतिको तालिम वा हतियारसम्बन्धी अभ्यास गराउनु अन्तरराष्ट्रिय बालअधिकार र संवैधानिक मान्यताविपरीत हुने सिजपको ठहर छ। त्यसैले, उक्त कार्यक्रमलाई पूर्ण रूपमा बालमैत्री, स्वेच्छिक र गैरसैनिक बनाउन तथा विधेयकलाई आवश्यक संशोधन गर्न सरकार र संसद्को ध्यानाकर्षण गराइएको छ।
