नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीभित्र सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव अघि सारेको छ।
बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीलाई पार्टी अध्यक्षपछि दोस्रो वरीयतामा राख्ने गरी प्रस्ताव गरेको हो।
बैठकबाट अघि सारिएको प्रस्तावअनुसार भण्डारीलाई एमालेको नेतृत्व संरचनामा विशेष सम्मानसहितको स्थान दिने तयारी गरिएको छ। प्रस्ताव कार्यान्वयनका लागि पार्टीको सम्बन्धित निकायबाट आवश्यक निर्णय तथा अनुमोदनको प्रक्रिया अघि बढ्नेछ।
विद्या भण्डारी एमालेकी पूर्वउपाध्यक्षसमेत हुन्। उनी नेपालकी पहिलो महिला राष्ट्रपति बनेकी थिइन् र दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी थिइन्।
भण्डारीलाई पार्टीको नेतृत्व संरचनामा पुनः औपचारिक भूमिकासहित समेट्ने प्रस्तावलाई एमालेभित्रको पछिल्लो संगठनात्मक गतिविधिका रूपमा हेरिएको छ।
