• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 5, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पछिल्लो समयको विपद्बाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै विपद् व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले विपद्लाई ‘दैवी प्रकोप’ भनी पन्छिने प्रवृत्ति गलत रहेको बताएका छन् । उनले प्रधानमन्त्रीको राहत कोषको नामकरण परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद खरेलले सदनलाई जानकारी गराएअनुसार हालैको विपद्मा परी २७ जनाले ज्यान गुमाएका छन् भने ४ जना अझै बेपत्ता छन् । विपद्का कारण अर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भएको उल्लेख गर्दै उनले यसलाई ‘दैवी’ भन्नुको सट्टा प्राकृतिक वा मानव सिर्जित समस्याका रूपमा बुझ्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ । हामीले पटक–पटक भन्दै आएका छौं कि यसलाई दैवी प्रकोपको बिल्ला भिराएर जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’

यसअघि नै सदनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न माग गरेको स्मरण गराउँदै उक्त प्रस्तावको जवाफ अझै नपाएको गुनासो गरेका छन् ।

खरेलले विपद् व्यवस्थापन प्राधिकरणको हालको संरचना र कार्यशैलीप्रति समेत प्रश्न उठाएका छन् । उनले प्राधिकरणमा सहसचिव स्तरका व्यक्ति राखेर मात्रै विपद्को जटिल समस्या समाधान नहुने भन्दै यसलाई थप अधिकारसम्पन्न र बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले संसदको विशेष समिति तथा सुशासन तथा राज्य व्यवस्था समितिले पनि यसतर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताएका छन् ।

Previous Post

सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल सूचना प्रवाह गर्न सांसद राईको सरकारसँग माग

Next Post

केही नेपाल ऐन संशोधन विधेयकः राजनीतिक स्वार्थका लागि कानूनको दुरुपयोग भयो– सांसद कँडेल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In