• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 7, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

४५ इन्जिनियरलाई सौर्य ऊर्जा र ब्याट्री सञ्चय प्रणालीसम्बन्धी पाँचदिने तालिम

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
४५ इन्जिनियरलाई सौर्य ऊर्जा र ब्याट्री सञ्चय प्रणालीसम्बन्धी पाँचदिने तालिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालका औद्योगिक क्षेत्रमा सौर्य ऊर्जाको प्रयोग विस्तार तथा ब्याट्रीमा ऊर्जा सञ्चय गर्ने प्रविधिलाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले इन्जिनियरहरूका लागि पाँचदिने विशेष तालिम सुरु भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले आयोजना गरेको तालिममा विभिन्न क्षेत्रका ४५ जना इन्जिनियर सहभागी छन्।

‘औद्योगिक क्षेत्रका लागि सोलार पीभी तथा ब्याट्री ऊर्जा भण्डारण प्रणालीः डिजाइन, जडान र सुरक्षा’ विषयमा सञ्चालन भइरहेको तालिम प्राक्टिकल एक्सन र घामपावर नेपालको सहकार्यमा आयोजना गरिएको हो।

तालिममा निजी क्षेत्र, विश्वविद्यालय तथा अनुसन्धान संस्थानसँगै सम्बन्धित सरकारी र गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको केन्द्रले जनाएको छ।

प्रविधि र सुरक्षासम्बन्धी विषयमा प्रशिक्षण

तालिम अवधिमा नेपालमा सौर्य ऊर्जा तथा ब्याट्री सञ्चय प्रणालीको वर्तमान अवस्था, औद्योगिक क्षेत्रमा कार्बन उत्सर्जन घटाउने उपाय र ऊर्जा व्यवस्थापनबारे सहभागीलाई जानकारी दिइनेछ।

त्यसैगरी ग्रिड सेवा, ब्याट्री प्रविधि, प्रणालीको सुरक्षा, साइबर सुरक्षा तथा वातावरणीय र सामाजिक सुरक्षासम्बन्धी विषय पनि प्रशिक्षणको हिस्सा रहेका छन्।

सैद्धान्तिक कक्षासँगै सहभागीलाई औद्योगिक क्षेत्रका वास्तविक परिस्थितिमा आधारित समूहगत अभ्यास गराइनेछ। साथै, व्यावहारिक ज्ञान विस्तारका लागि क्षेत्रीय अवलोकन भ्रमणसमेत गराउने कार्यक्रम रहेको एइपिसीले जनाएको छ।

सौर्य र ब्याट्री प्रविधिबाट ऊर्जा प्रणालीमा सहनशीलता

नेपालले स्वच्छ ऊर्जा विस्तार र हरित औद्योगिकीकरणलाई प्राथमिकता दिइरहेका बेला औद्योगिक क्षेत्रमा सौर्य ऊर्जाको प्रयोग बढाउनुपर्ने आवश्यकता रहेको केन्द्रको भनाइ छ।

सौर्य ऊर्जाको प्रयोग र ऊर्जा सञ्चय प्रणालीको विस्तारले उद्योगको विद्युत् माग व्यवस्थापन गर्नुका साथै आपूर्तिलाई थप भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पछिल्लो समय जलवायुजन्य विपद्का कारण ऊर्जा पूर्वाधारमा देखिएको जोखिमलाई समेत तालिमका क्रममा प्राथमिकताका साथ हेरिएको छ। रसुवामा आएको बाढीले ऊर्जा पूर्वाधारमा पुर्‍याएको असरलाई उदाहरणका रूपमा लिँदै जलविद्युत् आयोजना, प्रसारण तथा वितरण प्रणालीमा मनसुनजन्य जोखिमको मूल्याङ्कन आवश्यक रहेको केन्द्रले जनाएको छ।

विकेन्द्रीकृत ऊर्जाबाट जलवायु जोखिम सामना गर्ने प्रयास

एइपिसीकी सञ्चालक समिति सदस्य अङ्किता शाहका अनुसार जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधार बाढीपहिरोको जोखिममा पर्दा स्थानीयस्तरमै सौर्य ऊर्जाबाट विद्युत् उत्पादन र ब्याट्रीमा सञ्चय गर्ने प्रणाली उपयोगी हुन सक्छ।

यस्ता प्रविधिको विस्तारले जलवायुजन्य जोखिमका समयमा स्थानीय ऊर्जा आपूर्तिलाई थप लचिलो बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

शाहका अनुसार सौर्य ऊर्जा उत्पादन र ऊर्जा सञ्चयसम्बन्धी प्रविधिको प्रवर्द्धनले हरित रोजगारी सिर्जना गर्नुका साथै नयाँ व्यवसाय तथा उद्यमका अवसरसमेत विस्तार गर्न सक्नेछ।

Previous Post

ट्रम्प–सीबीच हतियार बिक्रीबारे कुराकानी नभएको ट्रम्पको दाबी

Next Post

रसुवाका १३ बालमैत्री केन्द्रमा ४६२ बालबालिका, खेलकुददेखि मनोसामाजिक सहयोगसम्म

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In