• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकः प्राज्ञिक स्वायत्तता र संरचनागत पारदर्शितामा सांसदहरूको जोड

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकः प्राज्ञिक स्वायत्तता र संरचनागत पारदर्शितामा सांसदहरूको जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सांसदहरूले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकको उद्देश्य र राष्ट्रिय आवश्यकतालाई स्वीकार गरे पनि यसको प्रस्तावित संरचना, पदाधिकारी नियुक्ति प्रक्रिया र प्राज्ञिक स्वायत्तताका सम्बन्धमा प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकमाथि भएको छलफलका क्रममा सांसदहरूले प्रश्न उठाएका हुन् । विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रतिरक्षा विश्वविद्यालयलाई सेनाको मात्रै तालिम केन्द्र नभई प्राज्ञिक र अनुसन्धानको राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

सांसद विक्रम थापाले सुरक्षा निकायको प्रभावभन्दा प्राज्ञिक विशेषज्ञतालाई प्राथमिकता दिनुपर्ने बताउँदै सिफारिस समितिमा विज्ञहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।

सांसद भरत गिरीले साइबर सुरक्षा, सूचना प्रविधि र भूराजनीतिजस्ता बदलिँदो सुरक्षा आयामलाई विश्वविद्यालयको पाठ्यक्रममा समेट्नुपर्ने बताएका छन् । उनले विश्वविद्यालयको प्रमुख मेरुदण्ड ज्ञान र अनुसन्धान हुनुपर्नेमा जोड दिँदै यसलाई प्राज्ञिक स्वतन्त्रताको स्थल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद खुश्बु ओलीले भारत, मलेसिया र ब्राजिलका उदाहरण दिँदै नागरिक र सैनिक सन्तुलन मिलाउनुपर्ने र विश्वविद्यालयलाई स्वायत्त संस्थाका रूपमा उभ्याउनुपर्ने आवश्यकता औँल्याएकी छन् ।

डा. पुष्पराज कँडेलले विदेशी विद्यार्थी र प्राध्यापकको सहभागितामा राष्ट्रिय गोपनीयताको पाटोमा सजग रहन आग्रह गरेका छन् ।

सांसद राम लामाले काभ्रेपलाञ्चोकमा बन्न लागेको विश्वविद्यालयको भौतिक स्थानलाई स्वागत गर्दै पदाधिकारी नियुक्तिमा राजनीतिक हस्तक्षेप र सत्ता फेरबदलसँगै पद परिवर्तन हुने परम्पराको अन्त्य गर्नुपर्ने बताएका छन् ।

सांसद बलावती शर्माले विश्वविद्यालयको स्पष्ट उद्देश्य र प्राज्ञिक दक्षतामा प्रश्न उठाउँदै यसको संरचना कर्मचारीमुखी हुनु नहुनेमा जोड दिएकी छन् ।

Previous Post

कोदारी नाकाको संयुक्त अनुगमन, सडक र पूर्वाधार सुधारमा जोड

Next Post

चीनसँग जोडिएका नाका बन्द हुँदा दसैंको व्यापार प्रभावित

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In