• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

समुद्री कटानबाट टापु जोगाउन कृत्रिम चट्टान, कोरल र समुद्री घाँस प्रयोग

रिजन खड्का by रिजन खड्का
१३ आश्विन २०८३, मंगलवार
A A
समुद्री कटानबाट टापु जोगाउन कृत्रिम चट्टान, कोरल र समुद्री घाँस प्रयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतको तमिलनाडुस्थित करियाचल्ली टापुलाई तीव्र समुद्री कटानबाट जोगाउन संरक्षण अभियान अघि बढाइएको छ। समुद्री सतह बढ्दै जाँदा तीव्र रूपमा भूभाग गुमाइरहेको टापुमा कृत्रिम चट्टान निर्माण, कोरल प्रत्यारोपण र समुद्री घाँस संरक्षणलाई प्राथमिकता दिइएको हो।

मन्नारको खाडीमा रहेका २१ वटा टापुमध्ये करियाचल्लीले पछिल्लो पाँच दशकमा आफ्नो अधिकांश भूभाग गुमाएको छ। सन् १९६९ मा करिब २०.८५ हेक्टर क्षेत्रफल रहेको टापु गत वर्षसम्म ३.१४ हेक्टरमा सीमित भएको सरकारी तथ्यांक छ। समुद्री कटानको वर्तमान गति कायम रहे सन् २०३६ सम्म टापु पूर्ण रूपमा समुद्रमा समाहित हुन सक्ने अनुमान गरिएको छ।

विशेषज्ञहरूका अनुसार कोरल चट्टान, समुद्री घाँस र साना टापुहरूले समुद्री छालको शक्ति घटाएर तटीय क्षेत्रमा प्राकृतिक सुरक्षा प्रदान गर्छन्। तर प्रदूषण, अत्यधिक माछा मार्ने गतिविधि, मानवीय हस्तक्षेप र समुद्रको तापक्रम वृद्धिका कारण यी प्राकृतिक संरचनाहरू कमजोर हुँदै गएका छन्।

करियाचल्ली आसपासको कोरल क्षेत्र पनि घट्दो क्रममा छ। सन् २००५ मा करिब ५०० हेक्टर रहेको कोरल क्षेत्र सन् २०२१ सम्म आइपुग्दा १९७ हेक्टरमा सीमित भएको बताइएको छ।

करिब ४७ लाख ९० हजार अमेरिकी डलरको संरक्षण योजनाअन्तर्गत टापुको आसपास ८ हजार ५०० कृत्रिम चट्टान संरचना स्थापना गर्ने काम भइरहेको छ। समुद्रको गहिराइ, पानीको धार र छालको प्रभावलाई अध्ययन गरेर तयार गरिएका यी संरचनाले छालको ऊर्जा कम गर्नुका साथै कोरल वृद्धि गर्न आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, समुद्री घाँसले समुद्रको सतहमा रहेको माटो र बालुवालाई स्थिर राख्न तथा विभिन्न समुद्री जीवका लागि प्रजनन र हुर्कने वातावरण बनाउन सहयोग गर्छ। त्यसैले संरक्षण योजनामा समुद्री घाँसको पुनःस्थापनालाई पनि समेटिएको छ।

तर समुद्रको तापक्रम बढ्नु कोरल पुनःस्थापनाका लागि ठूलो चुनौती बनेको छ। सन् २०२४ मा आएको गम्भीर कोरल ब्लिचिङका कारण यस क्षेत्रमा धेरै कोरल नष्ट भएका थिए। वैज्ञानिकहरूले भविष्यमा बढ्दो समुद्री तापक्रम सहन सक्ने कोरल प्रजातिको पहिचान र संरक्षणमा समेत काम गरिरहेका छन्।

मन्नारको खाडीका अन्य केही टापुमा भने यस्ता संरक्षण प्रयासबाट सकारात्मक परिणाम देखिएको छ। भान टापुमा करिब १० हजार कृत्रिम चट्टान राखिएपछि क्षय भएको केही भूभाग पुनःस्थापित गर्न सहयोग पुगेको बताइएको छ। सिङ्गल टापुमा प्रत्यारोपण गरिएका कोरलले पनि सन् २०२४ को समुद्री तापक्रम वृद्धिबाट पुराना कोरलको तुलनामा कम क्षति बेहोरेका थिए।

यही अनुभवका आधारमा करियाचल्लीमा पनि समान प्रकृतिको संरक्षण अभियान अघि बढाइएको अधिकारीहरूले बताएका छन्। संरक्षणमा संलग्न अभियन्ताहरूका अनुसार समुद्री घाँसको विस्तारले समुद्री जैविक विविधता जोगाउनुका साथै माछापालन र स्थानीय समुदायको जीविकोपार्जनमा समेत सहयोग पुर्‍याउन सक्छ।

Previous Post

एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’

Next Post

औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छः एमाले वरिष्ठ नेता भण्डारी

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In