• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

ओभरसियरको काम गर्न पनि लाइसेन्स चाहिने

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
ओभरसियरको काम गर्न पनि लाइसेन्स चाहिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डिप्लोमा इन्जिनियरिङ अध्ययन गरेका ओभरसियरलाई अब व्यावसायिक रूपमा काम गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था लागू गर्ने तयारी सरकारले गरेको छ । यससम्बन्धी कानुनी व्यवस्था गर्न पूर्वाधार विकास मन्त्रालयले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रतिनिधिसभामा दर्ता गराएको छ ।

प्रस्तावित कानुनअनुसार विधेयक ऐनका रूपमा लागू भएपछि तोकिएको अवधिभित्र सम्बन्धित परिषद्मा नाम दर्ता गराउनु पर्नेछ । त्यसपछि लाइसेन्स परीक्षा उत्तीर्ण गरेका व्यक्तिले मात्रै डिप्लोमा इन्जिनियरिङसँग सम्बन्धित पेसा तथा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

सरकारले ओभरसियर जनशक्तिको पेसालाई व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यले छुट्टै नियामक निकायका रूपमा डिप्लोमा इन्जिनियरिङ परिषद् स्थापना गर्ने प्रस्ताव अघि सारेको हो । परिषद्ले ओभरसियरको दर्ता, लाइसेन्स परीक्षा, व्यावसायिक आचारसंहिता तथा पेसागत अनुगमनलगायतका काम गर्ने प्रस्ताव गरिएको छ ।

हाल विभिन्न विषयमा डिप्लोमा इन्जिनियरिङको अध्ययन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लगायतका निकायबाट हुँदै आएको छ । अध्ययन पूरा गरेपछि धेरै जनशक्ति प्रत्यक्ष रूपमा प्राविधिक क्षेत्रमा संलग्न हुँदै आएका छन् । प्रस्तावित व्यवस्थाले उनीहरूको व्यावसायिक अभ्यासलाई नियमनको दायरामा ल्याउनेछ ।

विधेयकअनुसार ऐन लागू भएको एक वर्षभित्र परिषद्मा नाम दर्ता नगराई वा लाइसेन्स परीक्षा उत्तीर्ण नगरी ओभरसियरका रूपमा पेसा सञ्चालन गर्न रोक लगाइनेछ । यस्तो अनुमति नलिई काम गरेमा ३० हजार रुपैयाँसम्म जरिवाना, तीन महिनासम्म कैद वा दुवै सजायको व्यवस्था प्रस्ताव गरिएको छ ।

परिषद्को नियमन नेपाली नागरिकमा मात्र सीमित नरहने प्रस्ताव गरिएको छ । नेपालमा व्यावसायिक रूपमा काम गर्ने विदेशी डिप्लोमा इन्जिनियर तथा प्रि–डिप्लोमा तह उत्तीर्ण प्राविधिकका लागि समेत छुट्टै दर्ता व्यवस्था गर्ने प्रस्ताव विधेयकमा समेटिएको छ ।

नेपाल इन्जिनियरिङ परिषद्ले हाल स्नातक तथा सोभन्दा माथिल्लो तहको इन्जिनियरिङ शिक्षा हासिल गरेका जनशक्तिको परीक्षा तथा लाइसेन्ससम्बन्धी काम गर्दै आएको छ । नयाँ व्यवस्थाले डिप्लोमा तहका प्राविधिक जनशक्तिका लागि पनि छुट्टै नियामक प्रणाली स्थापना गर्नेछ ।

सरकारका अनुसार प्रस्तावित परिषद् गठन भएपछि ओभरसियर पेसामा आवश्यक योग्यता, व्यावसायिक मापदण्ड र आचारसंहिता लागू गर्न सहज हुनेछ ।

Previous Post

मानव अधिकार आयोगले एसएसपी खड्कासँग लिखित बयान लियो

Next Post

अध्यागमन प्रणालीमा अनधिकृत हेरफेरको आरोप

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In