• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

रसुवाको बाढी–पहिरो नेपालतर्फ गएको भूकम्पका कारण आएको चिनियाँ राजदूतको भनाइ

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
११ भाद्र २०८३, बिहीबार
A A
रसुवाको बाढी–पहिरो नेपालतर्फ गएको भूकम्पका कारण आएको चिनियाँ राजदूतको भनाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण बाढी र पहिरो नेपालतर्फ गएको भूकम्पका कारण सिर्जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्।

नेपालको सरकारी टेलिभिजन ‘एनटिभी वर्ल्ड’सँगको अन्तर्वार्तामा राजदूत चाङले विपद्को दिन बिहान नेपालतर्फ भूकम्प गएको प्रारम्भिक सूचना प्राप्त भएको बताए।

उनका अनुसार भूकम्पपछि हिमपहिरो खसेको र त्यसलगत्तै लेदोसहितको ठूलो बाढी आएको थियो। उक्त प्राकृतिक विपद्का कारण केरुङ–रसुवागढी सीमा क्षेत्रको नेपाल र चीन दुवैतर्फ ठूलो जनधनको क्षति भएको तथा धेरै मानिस बेपत्ता भएको उनले जानकारी दिए।

चिनियाँ दूतावासले सार्वजनिक गरेको विवरणमा विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति चीनले गहिरो समवेदना प्रकट गरेको उल्लेख छ।

चिनियाँ राष्ट्रपतिको उच्चस्तरीय निर्देशन

राजदूत चाङका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले रसुवा क्षेत्रमा भएको विपद्लाई उच्च प्राथमिकतामा राख्दै खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण निर्देशन दिएका छन्।

राष्ट्रपति सीले बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई तीव्रता दिन, जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्न र घाइतेहरूको तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको राजदूत चाङले बताए।

चीनले विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक समन्वय र सहयोगलाई प्राथमिकतामा राखेको पनि उनले जानकारी दिए।

Previous Post

खोज तथा उद्धारमा साढे सात हजार सुरक्षाकर्मी परिचालन

Next Post

रसुवाको बाढी प्रभावित क्षेत्रबाट ९८ जनाको उद्धार, उद्धार गरिएकामध्ये १५ जना विदेशी नागरिक

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In