काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको बताएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले जबरासम्बन्धी घटनामा प्रहरीले गरेको कारबाहीलाई ‘रेस्क्यु’ अर्थात् उद्धारका रूपमा व्याख्या गरेका हुन्।
उनका अनुसार प्रहरीले पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ वा नियन्त्रणमा लिने उद्देश्यले नभई आवश्यक अवस्थाबाट सुरक्षित रूपमा बाहिर निकाल्ने क्रममा उद्धार गरेको हो।
सरकारका प्रवक्ताले सञ्चारमाध्यममा आएको ‘प्रहरीले नियन्त्रणमा लिएको’ भन्ने विवरणप्रति फरक धारणा राख्दै घटनालाई उद्धारको रूपमा बुझ्नुपर्ने बताएका छन्।
मन्त्रिपरिषद् बैठकपछि सरकारका पछिल्ला निर्णय तथा समसामयिक विषयमा जानकारी दिने क्रममा पोखरेलले जबरासम्बन्धी विषयमा सरकारको धारणा सार्वजनिक गरेका हुन्।
