• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

पहिरोमा चार घर र दुई गोठ पुरिए, एक जना घाइते

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
पहिरोमा चार घर र दुई गोठ पुरिए, एक जना घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा गएको पहिरोले चार वटा घर र दुई वटा गोठ पुरिँदा एक जना घाइते भएका छन्।

पहिरोमा परेका ६५ वर्षीय आत्मराज शर्मालाई सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीले उद्धार गरेका थिए। उनको म्याग्दीस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ र अवस्था सुधारोन्मुख रहेको गाउँपालिकाले जनाएको छ।

पहिरोमा चक्रपाणि आचार्य, लिलाधर उपाध्याय, आत्मराज शर्मा र मञ्जुला आचार्यका घर तथा नजिकैका दुई गोठ पुरिएका छन्। गोठमा रहेका दुई भैँसी तथा पाठापाडी पनि पहिरोमा परेको बताइएको छ। घरभित्रका खाद्यान्न, कपडा र अन्य सामग्रीमा समेत क्षति पुगेको छ।

पहिरोका कारण करिब १२ रोपनी खेतीयोग्य जमिन पुरिएको छ। यसअघि मालढुङ्गा–बेनी सडकको माथिल्लो क्षेत्रमा जमिन चिरिएको जानकारी आएपछि जोखिममा रहेका केही स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो।

विस्थापित परिवारका लागि मिलनचोकमा अस्थायी बसोबासको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।

यसअघि असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले लामाबगरसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। नदी कटानका कारण खेतीयोग्य जमिनमा समेत क्षति पुगेको छ।

बाढीपहिरोका कारण कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको मालढुङ्गा–बेनी खण्डसमेत प्रभावित भएको छ। केराबारी क्षेत्रको पहिरो हटाउने काम भइरहेको छ भने लामाबगरको पहिरो पन्छाउन बुधबारदेखि डोजर परिचालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।

जलजला गाउँपालिकाका विभिन्न वडामा पछिल्लो वर्षाका कारण घर, जमिन तथा सडकमा क्षति पुगेको छ। फर्सेमा कालीगण्डकीको कटानबाट ६८ घर प्रभावित भएका छन् भने लामाखेतमा २५ घर डुबानमा परेका छन्। धाइरिङमा २५ परिवार विस्थापित भएका छन् र खानीगाउँका केही घर पनि जोखिममा रहेको बताइएको छ।

बाढी, पहिरो तथा नदी कटानका कारण जोखिममा परेका स्थानीयलाई जिल्ला प्रशासन कार्यालय पर्वत र सम्बन्धित निकायको समन्वयमा सुरक्षित स्थानमा सारिएको छ। क्षतिको विस्तृत विवरण संकलन गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

Previous Post

पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरणमा सरकारको प्रष्टिकरण– ‘पक्राउ गरिएको होइन रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको हो’

Next Post

काठमाडौँमा हलिउड चलचित्र ‘तेन्जिङ’ को विशेष प्रिमियर

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In