• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

डुम्रे–बेँसीसहर–चामे सडक सञ्चालनका लागि मर्मत तीव्र

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
डुम्रे–बेँसीसहर–चामे सडक सञ्चालनका लागि मर्मत तीव्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लगातारको बाढी र पहिरोका कारण अवरुद्ध डुम्रे–बेँसीसहर–चामे सडकमा यातायात सञ्चालन गराउन मर्मत तथा पुनःस्थापनाको काम तीव्र पारिएको छ। सडक विभागले आगामी शुक्रबारसम्म सम्पूर्ण सडकखण्ड सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ।

विभागका अनुसार बेँसीसहर–चामे सडकअन्तर्गत रामबजारमा गएको पहिरो हटाइसकिएको छ। पहिरो पन्छाएपछि उक्त स्थानमा सवारी आवागमन पुनः सुरु भएको छ। तिमाङदेखि कोतोसम्म भने विभिन्न स्थानमा खसेका पहिरो हटाउने काम जारी छ।

खोत्रो क्षेत्रमा बाढीले सडकको केही भाग बगाएपछि क्षतिग्रस्त संरचना सुधार्ने काम भइरहेको छ। त्यहाँ ‘ब्याक कटिङ’ गरी सडकको आकार मिलाउने र आवश्यक ठाउँमा टेवा पर्खाल निर्माण गर्ने काम अघि बढाइएको छ। उक्त क्षेत्रमा आज साँझसम्म यातायात सञ्चालन गर्ने तयारी गरिएको विभागले जनाएको छ।

खोत्रो आसपासको चट्टानी भीर हटाउन नेपाली सेनासँग सहकार्य गरेर ब्लास्टिङको कामसमेत भइरहेको छ। सडक खुलाउन आवश्यक पर्ने कडा चट्टान हटाउने काम यसै प्रक्रियामार्फत अघि बढाइएको हो।

फापर खेत क्षेत्रमा स्थानीयको जग्गा हुँदै सडक खुलाउनुपर्ने भएपछि केही समय काम रोकिएको थियो। जग्गा कटिङका लागि क्षतिपूर्ति माग भएपछि उत्पन्न समस्या स्थानीय तह, जिल्ला प्रशासनलगायत सम्बन्धित निकायसँगको समन्वयमा समाधान गरिएको विभागले जनाएको छ।

यता बगरछाप क्षेत्रमा सडकमा जम्मा भएको लेदो र पहिरो हटाउने काम पनि जारी छ। बाढीका कारण काठका पुल बगेका स्थानमा तत्कालका लागि अस्थायी डाइभर्सन निर्माण गरी सवारी सञ्चालन गराउने तयारी गरिएको छ।

सडक विभागका अनुसार आवश्यक मर्मत, पहिरो सफाइ तथा अस्थायी संरचना निर्माणको काम पूरा गरी पर्सिसम्म डुम्रे–बेँसीसहर–चामे सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

सडक पुनः सञ्चालनमा आएपछि बाढी र पहिरोका कारण प्रभावित मनाङ तथा आसपासका क्षेत्रमा आवतजावत र यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ।

Previous Post

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

Next Post

रास्वपाको केन्द्रीय समिति बैठक १७ असोजमा बस्ने

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In