• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

काठमाडौं उपत्यकामा मात्र इण्डक्सन चुलो चलाउन ३ हजार मेगावाट अतिरिक्त विद्युत चाहिने

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
काठमाडौं उपत्यकामा मात्र इण्डक्सन चुलो चलाउन ३ हजार मेगावाट अतिरिक्त विद्युत चाहिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नेपालमा कुल ऊर्जा खपतको करिव ८० प्रतिशत तापीय क्षेत्रमा हुने भएकाले विद्युतीकरणसँगै खाना पकाउने तथा औद्योगिक तापीय ऊर्जालाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न आवश्यक रहेको जनाएको छ ।

बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै केन्द्रका उपकार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारीले यस्तो बताएका छन् । घरायसी खाना पकाउने ऊर्जा र उद्योगमा प्रयोग हुने खनिज इन्धनलाई स्वच्छ ऊर्जाले प्रतिस्थापन गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले हाल केन्द्रले तराईका १ सय ५० स्थानीय तहसँगको सहकार्यमा १० लाख घरधुरीमा स्वच्छ खाना पकाउने चुलो वितरण कार्यक्रम सञ्चालन गरिरहेको समेत जानकारी दिएका छन् । उक्त लक्ष्य आगामी तीन वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको उहाँले बताएका छन् । उहाँले राष्ट्रियस्तरमा जैविक ऊर्जाको खाका तयार भइरहेको र त्यसले उद्योगमा खनिज इन्धनको प्रयोग घटाउन सहयोग गर्ने बताएका छन् । उपकार्यकारी निर्देशक अधिकारीले दुर्गम तथा विद्युतीकरणबाट वञ्चित क्षेत्रमा ‘लास्ट माइल इलेक्ट्रिफिकेसन’ कार्यक्रम सञ्चालन भइरहेको पनि बताएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेश तथा पूर्वी पहाडी जिल्लाहरुमा नवीकरणीय ऊर्जा अनुदान नीतिअन्तर्गत केन्द्र सरकारको ८० प्रतिशत र स्थानीय तहको २० प्रतिशत योगदानमा कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताएका छन् । विद्युतीय चुलोको प्रयोग बढाउन नेपाल विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको भएपनि विद्यमान विद्युत् पूर्वाधारमा तत्काल सबै घरधुरीलाई इन्डक्सनमा रूपान्तरण गर्दा प्रणालीमा उच्च भार पर्ने अधिकारीले बताएका छन् ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो समग्र राष्ट्रिय ऊर्जाको खपत हेर्ने हो भने करिब ८० प्रतिशतभन्दा ऊर्जाको खपत तापीय क्षेत्रमा हुने गर्दछ । तापीय क्षेत्र भन्नाले घरभित्रका खाना पकाउने र उद्योगधन्दाहरूमा तापीय ऊर्जा प्रयोगको लागि हुने गरेको छ । विद्युतीकरणको मात्र कुराहरू आउने हुँदाखेरि हामी वास्तवमा हामी तापीय ऊर्जामा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको छ । त्यसका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले घरायसी स्वच्छ चुलोको कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । हामी हरित जलवायु कोष आयतनको हिसाबले संसारको सबभन्दा बढी प्रभावकारी संस्थाको मान्यता पनि पाएका छौँ । हामीले अहिले स्वच्छ खाना पकाउने चुलोको कार्यक्रमहरु कार्यान्वयन गरिरहेका छौँ । जसअन्तर्गत हामी तराईका १ सय ५० वटा स्थानीय तहहरूसँग सहकार्य गरेर १० लाख घरधुरीहरूमा त्यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ । हाम्रो लक्ष्य १० लाख हो । जसको लागि १० लाख चुलोहरु गइसकेका छन् भने अब दुई लाख जाने प्रक्रियामा रहेका छन् । यो लक्ष्य अबको तीन वर्षभित्रमा पुरा गर्नको लागि कटिबद्ध भएर लागेका छौँ ।’

काठमाडौं उपत्यकामा मात्रै सबै घरधुरीले इण्डक्सन चुलो प्रयोग गर्ने अवस्था आए खाना पकाउने करिब दुई घण्टाको अवधिमा करिव ३ हजार मेगावाट अतिरिक्त विद्युत आवश्यक पर्ने प्रारम्भिक अध्ययनले देखाएको उहाँले बताएका छन् ।

Previous Post

बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

Next Post

नदीजन्य पदार्थ र काठको अव्यवस्थापनले तराई जोखिममाः सांसद झा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In