• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

राष्ट्रिय बहिरा महासंघविरुद्ध आन्दोलनः आर्थिक अनियमितताको छानबिन र नेतृत्वको राजीनामा माग

रिजन ढकाल by रिजन ढकाल
१५ आश्विन २०८३, बिहीबार
A A
राष्ट्रिय बहिरा महासंघविरुद्ध आन्दोलनः आर्थिक अनियमितताको छानबिन र नेतृत्वको राजीनामा माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आफ्नो हक–अधिकारको माग गर्दै देशका ५५ जिल्लाबाट आएका प्रतिनिधिहरूले धर्ना दिएका छन्।

जेन–जी बहिरा आवाज आन्दोलन समितिको नेतृत्वमा जम्मा भएका करिब २ सय जना प्रदर्शनकारीले महासंघको नेतृत्वमाथि आर्थिक अनियमितता, नीतिगत भ्रष्टाचार र बहिरा समुदायको शिक्षा, रोजगारी तथा प्रतिनिधित्वमा बेवास्ता गरेको आरोप लगाउँदै निष्पक्ष छानबिन र नेतृत्वको राजीनामा माग गरेका छन्।

राष्ट्रिय बहिरा महासंघ नेपालको केन्द्रीय कार्यालय परिसरमा आन्दोलनमा सहभागी प्रतिनिधिहरूले २७ वर्ष पुरानो यस संस्थाले बहिरा समुदायको वास्तविक समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो गरेका छन्। आन्दोलन समितिका अध्यक्ष प्रज्वल यादवका अनुसार पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर सडकमा आउनुपरेको हो।

उनीहरूले महासंघको पछिल्लो तीन वर्षको कार्यकालको आर्थिक गतिविधि र प्राप्त वैदेशिक सहयोगको पारदर्शी छानबिन हुनुपर्ने माग राखेका छन्। आन्दोलनरत युवाहरूले महासंघमा भित्रिएको वैदेशिक सहयोग र परियोजनाहरूको पारदर्शी छानबिन हुनुपर्ने माग गरेका छन्।

यादवका अनुसार महासंघले सात दिनअघि नै ज्ञापनपत्र बुझाएर समस्या समाधानका लागि आग्रह गरे पनि सकारात्मक जवाफ नआएपछि बाध्य भएर सङ्घर्षको बाटो रोज्नुपरेको हो। आन्दोलनको क्रममा महासंघका अध्यक्षसँग भेट्न खोज्दा उनी काठमाडौं बाहिर विराटनगरमा रहेको जानकारी प्राप्त भएको र आफूहरू अध्यक्षको प्रतीक्षामा रहेको युवाहरूले बताएका छन्।

यदि नेतृत्वले वार्तामा बस्न आनाकानी गरे र माग सम्बोधन नभएमा केन्द्रीय अनुसन्धान ब्युरोमार्फत संस्थाको आर्थिक र प्रशासनिक क्रियाकलापको छानबिन गराउने चेतावनी उनीहरूले दिएका छन्।

यादवले भनेका छन्, ‘हामीले पटक–पटक आफ्ना समस्या राख्यौँ, तर सुनुवाइ भएन। पछिल्लो तीन वर्षदेखि नेतृत्वमा रहेका पदाधिकारीहरूले न त बहिरा समुदायको जीवनस्तर उकास्न सकेका छन्, न त वैदेशिक सहयोगको सही सदुपयोग नै गरेका छन्।’

आन्दोलनमा सहभागी उपाध्यक्ष रिता चौधरीले बहिरा महिलाहरूको प्रतिनिधित्व, दोभासेको उपलब्धता र बहिरामैत्री नीतिहरूको अभावका कारण समुदाय पछाडि परेको बताएका छन्। आफूहरू केवल नामको प्रतिनिधित्व नभई नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता चाहेको उनले बताएका छन्।

प्रदर्शनकारीहरूले महासंघको विधान सार्वजनिक गर्नुपर्ने र बहिरा व्यक्तिको शिक्षा तथा स्वास्थ्यमा पहुँच सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेका छन्। चौधरीका अनुसार महासंघले बहिरा महिलाहरूको आवाजलाई नीतिगत तहमा स्थान नदिई केवल ‘नाम मात्रको प्रतिनिधि’ का रूपमा उपयोग गर्ने गरेको छ।

आन्दोलनकारीहरूको प्रमुख मागमा बहिरा महिला संघको दर्ता, शिक्षा र न्यायमा पहुँचको सुनिश्चितता तथा हरेक सरकारी वा सार्वजनिक कार्यक्रममा अनिवार्य दोभाषेको व्यवस्था हुनुपर्ने रहेका छन्। उनीहरूले सांकेतिक भाषालाई बहिरा समुदायको मौलिक संस्कृतिका रूपमा स्वीकार गरी राज्यका हरेक तहमा यसको प्रयोग र प्रवर्द्धन गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

देशभरका ५५ जिल्लाबाट प्रतिनिधित्व गरिरहेका यी युवाहरूले आफूहरूको विकास र अधिकारका लागि महासंघको तत्काल अनुसन्धान हुनुपर्ने मागसमेत अघि सारेका छन्। दिगो विकास र समानताको नारासहित उनीहरूले राज्यले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार ऐनलाई अक्षरशः कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

चौधरीले भनेकी छन्, ‘हामी नामको प्रतिनिधित्व होइन, नीति निर्माण तहमा वास्तविक सहभागिता चाहन्छौँ। महासंघले हाम्रो पीडा र मुद्दालाई बेवास्ता गरेकाले हामी सडकमा आउन बाध्य भएका हौँ। हाम्रा मागहरू सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ।’

अर्का प्रदर्शनकारी अमर महतोले नेतृत्वले व्यक्तिगत स्वार्थमा काम गरेको र आफूहरूको जायज गुनासोलाई बेवास्ता गरेको आरोप लगाएका छन्। उनले महासंघको नेतृत्वबाट भएको भनिएको अभद्र व्यवहारको लिखित माफी र गल्ती प्रमाणित भए कारबाहीको माग गरेका छन्।

महतोले राष्ट्रिय बहिरा महासंघले स्थापनाको २७ वर्ष पूरा गर्दा पनि बहिरा समुदायको जीवनस्तरमा ठोस सुधार आउन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन्। महासंघका नेतृत्वकर्ताहरूले संस्थालाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेको र सरकारी तथा वैदेशिक सहयोगबाट प्राप्त बजेटको सही सदुपयोग नभएको आरोपसमेत लगाइएको छ।

पटक–पटक फोन र संवादमार्फत अध्यक्षसँग भेट्न खोज्दा पनि व्यवस्था नगरिएको प्रदर्शनकारीहरूले बताएका छन्। बहिरा समुदायले भोगिरहेको रोजगारीको समस्या, शिक्षामा पहुँच र मधेस प्रदेशलगायतका क्षेत्रमा रहेका बहिरा विद्यालयको दयनीय अवस्थाबारे महासंघ मौन रहेको उनीहरूले आरोप लगाएका छन्।

महतोले भनेका छन्, ‘अध्यक्षले बहिरा व्यक्तिको पीडा बुझ्नुको साटो अभद्र व्यवहार गर्ने गरेका छन्, यसका लागि उहाँले लिखित माफी माग्नुपर्छ।’

विरोधकर्ताहरूले महासंघको विधान सार्वजनिक गर्नुपर्ने, विगत तीन वर्षको कार्यप्रगतिको श्वेतपत्र जारी गर्नुपर्ने र बहिरा महिला तथा बालबालिकाको अधिकारका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने माग राखेका छन्। महासंघको आवरणमा व्यक्तिगत स्वार्थसिद्ध गर्ने काम भएको भन्दै आन्दोलनरत पक्षले छानबिन समिति गठनको माग गरेको छ।

यदि नेतृत्वले समयमै आफ्ना माग सम्बोधन नगरे थप कडा कदम चाल्ने चेतावनी उनीहरूले दिएका छन्। प्रदर्शनकारीहरूले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। काठमाडौंको रानीबारीस्थित कार्यालय परिसरमा जम्मा भएका उनीहरूले नेतृत्वसँग प्रत्यक्ष वार्ताको माग गरेका छन्।

Previous Post

विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट फिर्ता, राष्ट्रिय सभामा टेबुल

Next Post

धर्मान्तरण नरोकिए हिन्दु अल्पमतमा पर्ने खतरा छ, यसलाई रोक्न आन्दोलन नै गर्नुपर्छः धवल शमशेर जबरा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In