• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश

रसुवा बाढीः २ सय ५८ जनाको शव फेला, ९ सय १० सम्पर्कविहीन

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
११ भाद्र २०८३, बिहीबार
A A
बाढीमा बेपत्ता पर्यटकको संख्या ६४४ पुग्यो, कुन देशका कति ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । रसुवामा आएको बाढीका कारण हालसम्म २ सय ५८ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बिहीवार दिउँसो २ बजेसम्म देशभर २ सय ५८ जनाको शव फेला परेको हो । यस्तै ९ सय १० जना सम्पर्कविहीन रहेको उनले जानकारी दिइन् ।

उनका अनुसार चितवनमा सबैभन्दा धेरै १ सय ८ वटा शव फेला परेका छन् । नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, नवलपरासी पश्चिममा १५, नुवाकोट र तनहुँमा १२–१२ तथा रसुवामा २ वटा शव फेला परेको उनले जानकारी दिइन् ।

यस्तै नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन छन् । रसुवाका अन्य १६१ जना नागरिक र नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको तथ्यांक प्राप्त भएको उनले जानकारी दिइन् ।

उनका अनुसार बाढीका कारण ३५ देशका ५ सय १७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ । नेपाल घुम्न आएका तर विदेशमा बसोबास गर्ने १ सय २७ जना नेपाली पनि सम्पर्कविहीन रहेको उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘मानवीय क्षतिको कुरा गर्दा अहिलेसम्म २५८ जनाको शव फेला परेको छ । धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोर्खामा २०, नवलपरासी पूर्वमा ६२ वटा, तनहुँमा १२, चितवनमा १०८ वटा र नवलपरासी पश्चिममा १५ वटा शव फेला परेको छ । ९१० जना व्यक्ति सम्पर्कविहीन भनेर हाम्रो तथ्यांकले देखाउँछ । हामीले आधिकारिक निकायहरूबाट प्राप्त तथ्यांकलाई एक्युमुलेट गरेर यहाँ राखेका छौँ। यसमा नेपाल प्रहरी २८ जना, नेपाली सेना ४४ जना, सशस्त्र प्रहरी बलबाट १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालय ४ जना, अन्य व्यक्तिहरू रसुवाको भनेर १६१ जना छ । नुवाकोटको १ जना छ । त्यहाँसँगै अब सम्पर्कविहीन भएका विदेशी नागरिक ५ सय १७ जना हुनुहुन्छ । अहिलेसम्म ३५ वटा देशका ५१७ जना फरेनर्सहरू सम्पर्कविहीन हुनुहुन्छ । नेपाल घुम्न आएका विदेशमै रहने नेपाली नागरिक भनेर १२७ जना हुनुहुन्छ । त्यसैगरी हामीले खोज तथा उद्धारमा हाम्रा तीनवटा सेक्युरिटी एजेन्सीका ९ हजार २६० जना सुरक्षाकर्मीहरू फिल्डमा खटिनुभएको छ । त्यसमा नेपाल प्रहरीबाट ३ हजार ३१८ जना, नेपाली सेनाबाट ४ हजार २०० जना, सशस्त्र प्रहरी बल नेपालबाट १ हजार ७४२ जना गरेर ९ हजारभन्दा बढी सुरक्षाकर्मीहरू प्राक्टिकल फिल्डमा खटेर उद्धारका कामहरू, खोजीका कामहरू भइराखेको छ । हामीले आज २ बजेसम्म ३५१ जना प्रभावितहरूलाई हेलिबाट उद्धार गरेका छौँ । आज उद्धारका लागि आज मात्रै ६९ वटा हवाई उडानहरू भएका छन् । विदेशी नागरिकको हकमा ४६ जना विदेशी नागरिकहरू रेस्क्यु गरिएको छ ।’

उनका अनुसार खोज तथा उद्धारका लागि नेपालका तीनवटै सुरक्षा निकायबाट ९ हजार २६० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका ४ हजार २ सय र सशस्त्र प्रहरी बलका १ हजार ७४२ जना सुरक्षाकर्मी फिल्डमा खटिएका छन् ।

प्रवक्ता महतका अनुसार बिहीबार दिउँसो २ बजेसम्म हेलिकप्टरमार्फत ३ सय ५१ जना प्रभावितको उद्धार गरिएको छ । उद्धारका लागि बिहीबार मात्रै ६९ वटा हवाई उडान भएको उनले जानकारी दिइन् । उद्धार गरिएकामध्ये ४६ जना विदेशी नागरिकसमेत रहेका छन् । प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

Previous Post

रसुवाका विभिन्न जलविद्युत आयोजनामा बाढीको क्षतिः सयौं कामदार सम्पर्कविहीन, उद्धारमा कठिनाइ

Next Post

उद्धार, राहत तथा पुनःस्थापनाको लागि १५ स्थानीय तह उच्च प्राथमकितामा

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In