• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

सरकारले राष्ट्रिय सभाको अस्तित्व र मर्यादालाई उपेक्षा गर्‍योः कमला पन्त

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
सरकारले राष्ट्रिय सभाको अस्तित्व र मर्यादालाई उपेक्षा गर्‍योः कमला पन्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारले राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमालाई निरन्तर उपेक्षा गरेको आरोप लगाएकी छन् ।

राष्ट्रिय सभाको चालु अधिवेशनको समापन बैठकलाई शुक्रवार सम्बोधन गर्दै उनले झन्डै दुई तिहाइको दम्भमा सरकारले संसदप्रतिको जवाफदेहिता गुमाएको र विपद् व्यवस्थापनदेखि जनसरोकारका मुद्दामा पूर्णतः निष्प्रभावी देखिएको दाबी गरेकी हुन् । अधिवेशनको समग्र समीक्षा प्रस्तुत गर्दै नेता पन्तले प्रतिनिधि सभा नियमावली संशोधनमार्फत राष्ट्रिय सभाको अधिकार र अस्तित्व खुम्च्याउने असंवैधानिक प्रयास भएको जिकिर गरेकी छन् । त्यस कदमविरुद्ध अदालतको ढोका ढक्ढक्याउनुपरेको र सर्वोच्च अदालतबाट न्याय प्राप्त भएको स्मरण गराउँदै उनले यस अधिवेशनलाई संविधानको रक्षा भएको अवधिका रूपमा व्याख्या गरेकी छन् । बहालवाला मन्त्रीहरूले समेत सार्वजनिक मञ्चहरूबाट राष्ट्रिय सभाको गरिमामाथि आँच आउने अमर्यादित अभिव्यक्ति दिने गरेको भन्दै उनले आपत्ति जनाइन् । भोटेकोशी बाढी र विपद् व्यवस्थापनको पूर्वतयारीमा सरकार पूर्ण रूपमा चुकेको आरोप लगाउँदै उनले संसद्ले पूर्वसचेतना गराउँदा गराउँदै पनि सरकारको उदासीनताले ठूलो मानवीय क्षति भएको बताएकी छन् ।

उनले भनिन्, ‘विपद्को तयारी, पूर्वउद्धार र राहतमा जुट्न छाडेर सरकार राजनीतिक प्रतिशोध र फजुल काममा अल्झियो । संसदको आग्रहलाई गम्भीरतापूर्वक नलिँदा बचाउन सकिने हजारौँ नागरिकले ज्यान गुमाउनुपरेको छ ।’

राष्ट्रिय सभाले नीति तथा कार्यक्रम, बजेट र अध्यादेशहरू पारित गर्न निरन्तर रचनात्मक सहयोग गरे पनि सरकारले त्यसलाई सभाको कमजोरीका रूपमा बुझेको उनको टिप्पणी छ । – न्युज एजेन्सी नेपाल

#KamalaPanta #NepaliCongress #NationalAssemblyNepal #NepalParliament #DisasterManagementNepal #NepalPolitics #NepalNew

Previous Post

ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित आश्विन १६, २०८३ शुक्रबार

Next Post

सरकारको सुशासनको दाबी ‘खोक्रो’ भयो–झक्कु सुवेदी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In