• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कांग्रेसको नेतृत्वमा व्यवसायीहरूको बढ्दो सक्रियता

रिजन खड्का by रिजन खड्का
२० अशोज, २०८३
A A
कांग्रेसको नेतृत्वमा व्यवसायीहरूको बढ्दो सक्रियता
0
SHARES
0
VIEWS

काठमाडौं । विगतमा राजनीतिक दल र उम्मेदवारलाई आर्थिक सहयोग तथा चन्दा उपलब्ध गराउने भूमिकामा सीमित देखिने उद्योगी–व्यवसायीहरू पछिल्लो समय प्रत्यक्ष राजनीतिमा सक्रिय हुन थालेका छन्। विशेषगरी नेपाली कांग्रेसको संगठन र नेतृत्व तहमा व्यवसायीहरूको सहभागिता बढ्दै गएको देखिन्छ।

संसदीय राजनीतिसँगै पार्टीको आन्तरिक राजनीतिमा समेत व्यवसायीहरूको उपस्थितिले विस्तार पाएको छ। आर्थिक सहयोग गर्ने व्यक्तिको भूमिकाबाट अघि बढ्दै उनीहरू आफैँ पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा सहभागी हुन खोजिरहेका छन्।

कांग्रेसको १४औँ महाधिवेशनबाट देखिएको यो प्रवृत्ति १५औँ महाधिवेशनसम्म आइपुग्दा अझ स्पष्ट भएको छ। वडा, प्रदेश र जिल्ला तहका अधिवेशन पार गर्दै महाधिवेशन प्रतिनिधि बनेका विभिन्न उद्योगी तथा व्यवसायी अहिले उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यजस्ता पदका लागि प्रतिस्पर्धामा छन्।

फोर्ब्सको डलर अर्बपतिको सूचीमा रहेका विनोद चौधरीदेखि मेडिकल, जलविद्युत्, पूर्वाधार, चिया, बैंकिङ र पर्यटन क्षेत्रमा संलग्न व्यवसायीहरू कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका स्थापित गर्न चुनावी मैदानमा उत्रिएका छन्।

यसअघि केन्द्रीय सदस्य पदसम्म सीमित देखिएको व्यवसायीहरूको राजनीतिक आकांक्षा यसपटक भने पार्टीका महत्वपूर्ण पदाधिकारीसम्म पुगेको छ।

उपसभापतिमा विनोद चौधरीको दाबी

पूर्वसांसद तथा उद्योगी विनोद चौधरीले कांग्रेसको उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। १४औँ महाधिवेशनमा नवलपरासीबाट महाधिवेशन प्रतिनिधि हुँदै केन्द्रीय सदस्य निर्वाचित भएका चौधरीले सोमबार उम्मेदवारी घोषणा गरेका हुन्।

उनले आर्थिक विकासका विषयलाई राजनीतिको प्राथमिकतामा राख्न, युवाका अपेक्षालाई सम्बोधन गर्न र आर्थिक रूपान्तरणमार्फत देशको विकास अघि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्।

कांग्रेसलाई नयाँ पुस्तासँग जोड्दै आधुनिक पार्टीका रूपमा अघि बढाउन आफूले पदाधिकारीमा प्रतिस्पर्धा गर्न लागेको उनको भनाइ छ।

त्यस्तै, मेडिकल व्यवसायी तथा सांसद डा. सुनील शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शर्माले पार्टीको नेतृत्वलाई राजधानी केन्द्रित सीमित घेराबाट बाहिर निकालेर आम नागरिकसँग प्रत्यक्ष जोड्न आफूले महामन्त्रीमा दाबी गरेको बताएका छन्।

निर्माण व्यवसायी तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले पनि सहमहामन्त्रीमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सनका संस्थापकसमेत रहेका लामा २०५४ सालमा गाविस अध्यक्ष हुँदै राजनीतिमा प्रवेश गरेका थिए।

बदलिँदो राजनीतिक परिस्थिति र जेनजी आन्दोलनपछि देखिएको नयाँ परिवेशअनुसार पार्टीमा पुस्तान्तरणसँगै आर्थिक गुरुयोजना आवश्यक रहेको भन्दै उनले आफ्नो उम्मेदवारीलाई त्यसैसँग जोडेर प्रस्तुत गरेका छन्।

केन्द्रीय सदस्यमा विभिन्न क्षेत्रका व्यवसायी

व्यवसायीहरूको सक्रियता पदाधिकारीमा मात्र सीमित छैन। कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि पनि उद्योग, कृषि, निर्माण, स्वास्थ्य र पर्यटन क्षेत्रका व्यक्तिहरूले उम्मेदवारी अघि सारेका छन्।

निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहले जनजाति समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। विकास र विचारलाई सँगसँगै अघि बढाउने धारणा राख्दै उनले गुणस्तरीय पूर्वाधार, उत्पादनमा आधारित अर्थतन्त्र र सुशासनलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन्।

निर्माण क्षेत्रबाट जिपछिरिङ लामा, सांसद मोहन आचार्य, कान्छाराम तामाङ र जयराम लामिछानेजस्ता व्यक्तिहरू यसअघि नै कांग्रेसको राजनीतिमा स्थापित भइसकेका छन्।

झापाका चिया उत्पादक तथा निर्यातकर्ता छत्रबहादुर गिरीले खुलातर्फबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्। निर्यात विस्तार, रोजगारी सिर्जना र कृषि क्षेत्रमा आधुनिकीकरणलाई उनले मुख्य एजेन्डा बनाएका छन्।

स्याङ्जाका मेडिकल व्यवसायी खुमाप्रसाद अर्याल पनि पहिलोपटक केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन्। लामो समयदेखि कांग्रेसमा आबद्ध रहेका अर्यालले पार्टीको केन्द्रीय तहमा पुगेर स्वास्थ्य तथा आर्थिक क्षेत्रका विषयलाई नयाँ दृष्टिकोणबाट अघि बढाउने योजना प्रस्तुत गरेका छन्।

चितवनका पर्यटन व्यवसायी वासु ढुंगानाले खसआर्य समूहबाट केन्द्रीय सदस्यमा दाबी गरेका छन्। डेढ दशकभन्दा बढी समयदेखि पर्यटन तथा जैविक विविधताको क्षेत्रमा सक्रिय ढुंगाना २०४८ सालदेखि कांग्रेस राजनीतिमा आबद्ध रहेको बताइएको छ।

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी उत्तमलाल चुकेले जनजाति समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

कास्कीका व्यवसायी तिलक रानाभाटले पनि केन्द्रीय सदस्यका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन्। महाधिवेशनको भोजन व्यवस्थापन समितिको संयोजकसमेत रहेका रानाभाटले देशमा उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग र त्यसअनुसार आर्थिक नीति निर्माणका लागि व्यवसायीहरूको राजनीतिक सहभागिता आवश्यक रहेको बताएका छन्।

नेतृत्वमा युवा उद्यमीहरूको प्रवेश

कांग्रेसको विधान संशोधनसँगै पार्टीभित्र पुस्तान्तरणको बहस तीव्र भएपछि युवा उद्यमीहरू पनि नेतृत्व तहमा पुग्न उत्साहित देखिएका छन्। सभापति गगनकुमार थापाले अघि सारेको युवा सहभागिताको विषयले व्यवसायिक पृष्ठभूमिका युवालाई समेत पार्टी राजनीतिमा सक्रिय हुन प्रेरित गरेको देखिन्छ।

पोखराका युवा व्यवसायी सौगात थापा ३५ वर्षमुनिको समूहबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। अब उनी केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धामा छन्। पोखरा–८ बाट उल्लेख्य मतसहित महाधिवेशन प्रतिनिधि बनेका थापाले नयाँ पुस्ताको आवाजलाई राजनीतिक प्रक्रियासँग जोड्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

त्यसैगरी युवा उद्यमी किरण केसीले पनि कास्की क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि हुँदै केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्। बैंकिङ, बीमा, जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा सक्रिय केसीले युवालाई उद्यमशीलता र रोजगारीसँग जोड्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्।

१४औँ महाधिवेशनबाटै देखिएको व्यवसायीहरूको सक्रियता

कांग्रेसमा व्यवसायीहरूको प्रत्यक्ष राजनीतिक सहभागिता नयाँ भने होइन। १४औँ महाधिवेशनमै उद्योगी देवीप्रकाश भट्टचन बागलुङबाट, राजेन्द्र बजगाईं गोरखाबाट तथा पर्यटन व्यवसायी रामशरण थपलिया महाधिवेशन प्रतिनिधि बनेर केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका थिए।

शिक्षा तथा जलविद्युत् क्षेत्रमा संलग्न उमेश श्रेष्ठ पनि महाधिवेशन प्रतिनिधि हुँदै राज्यमन्त्री र पार्टीको कोषाध्यक्षसम्म पुगेका थिए।

त्यस्तै, निर्माण व्यवसायी कान्छाराम तामाङ रामेछाप जिल्ला सभापतिमा निर्वाचित भएका थिए। यद्यपि, हाल उनी शेरबहादुर देउवा पक्षमा रहेकाले यसपटकको महाधिवेशन प्रक्रियामा सहभागी छैनन्।

यसअघि भएका संसदीय निर्वाचनमा पनि उद्योगी तथा व्यवसायीहरूले विभिन्न दलबाट उल्लेख्य संख्यामा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका थिए। तीमध्ये धेरैले निर्वाचनमा सफलता हासिल गर्न नसके पनि उनीहरूको राजनीतिक सक्रियता भने घटेको देखिँदैन।

निर्वाचनमा सफलता नपाएपछि पनि पार्टी संगठनमार्फत आफ्नो राजनीतिक आधार विस्तार गर्दै नीति निर्माणको तहमा पुग्ने प्रयास व्यवसायीहरूले जारी राखेका छन्।

यसपटकको कांग्रेस महाधिवेशनमा देखिएको व्यवसायीहरूको सक्रियताले उनीहरू अब आर्थिक सहयोगकर्ता मात्र नभई पार्टी संगठन, नीति निर्माण, संसद् र सम्भावित कार्यकारी भूमिकासम्म प्रत्यक्ष पहुँच बनाउने दिशामा अघि बढिरहेको संकेत गरेको छ।

Previous Post

बेपत्ता नागरिकको मृत्यु दर्ता सहज बनाउन दुई कानुन संशोधन गरिँदै

Next Post

डोटीमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना, ९ जना घाइते

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav