• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि के के चाहिन्छ कागजात ?

रिजन ढकाल by रिजन ढकाल
२० आश्विन २०८३, मंगलवार
A A
कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि के के चाहिन्छ कागजात ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै निर्वाचन समितिले उम्मेदवारी रुजुका लागि आवश्यक कागजात र प्रक्रिया स्पष्ट गरेको छ।

उम्मेदवारी दर्ता गर्न इच्छुक उम्मेदवारले आफूले उम्मेदवारी दिन चाहेको पदअनुसारको उम्मेदवारी फारम पूर्ण रूपमा भरेर बुझाउनुपर्नेछ। फारममा सम्बन्धित पदका लागि तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट प्रस्तावक र समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ। उम्मेदवार आफैँ भने आफू उम्मेदवार भएको पदका लागि प्रस्तावक वा समर्थक बन्न पाउने छैनन्।

उम्मेदवारी दर्ताका क्रममा सम्बन्धित पदका लागि तोकिएको शुल्क बुझाएको बैंक भौचर वा रसिदसमेत अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। बैंक भौचरमा उम्मेदवारको नाम स्पष्ट रूपमा खुलेको हुनुपर्ने निर्वाचन समितिले जनाएको छ।

त्यस्तै, उम्मेदवारले आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्र र नेपाल सरकारले जारी गरेको आधिकारिक परिचयपत्रको प्रतिलिपि पनि साथमा राख्नुपर्नेछ। समावेशी क्लस्टरबाट उम्मेदवारी दिने उम्मेदवारले आफू सम्बन्धित क्लस्टरमा पर्ने प्रमाणित गर्ने प्रमाणपत्रको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ।

उम्मेदवारी रुजुका क्रममा उम्मेदवारको क्रियाशील सदस्यताको निरन्तरतासम्बन्धी सिफारिससमेत आवश्यक पर्नेछ। क्रियाशील सदस्यताको निरन्तरता प्रमाणित गर्ने सम्बन्धित सिफारिस उम्मेदवारी फारमसँगै बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचन समितिले उम्मेदवारी दर्ताका क्रममा फारम, प्रस्तावक–समर्थक, शुल्कको भौचर, महाधिवेशन प्रतिनिधि प्रमाणपत्र, आधिकारिक परिचयपत्र, क्लस्टर प्रमाणपत्र र क्रियाशील सदस्यताको निरन्तरता सिफारिसलगायत सबै कागजात पूरा भए–नभएको रुजु गर्नेछ। यसअनुसार कांग्रेसको केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिन चाहनेहरूले फारमदेखि आवश्यक प्रमाणपत्र र शुल्कको भौचरसम्म सबै कागजात पूरा गरेर मात्रै उम्मेदवारी दर्ता गर्नुपर्नेछ।

 

Previous Post

दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

Next Post

जलवायु परिवर्तनअनुकूल पूर्वाधार निर्माणका लागि नीति परिवर्तन आवश्यकः मन्त्री लम्साल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In