• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 7, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

सरकारले अध्यादेशमार्फत मृत्यु घोषणा र मृत्यु दर्तासम्बन्धी कानुन परिमार्जन गर्ने विपद् व्यवस्थापनलाई केन्द्रमा राखेर कानुन निर्माण गर्न लागिएको कानुनमन्त्री गौतमको भनाइ

रिजन ढकाल by रिजन ढकाल
२० आश्विन २०८३, मंगलवार
A A
सरकारले अध्यादेशमार्फत मृत्यु घोषणा र मृत्यु दर्तासम्बन्धी कानुन परिमार्जन गर्ने विपद् व्यवस्थापनलाई केन्द्रमा राखेर कानुन निर्माण गर्न लागिएको कानुनमन्त्री गौतमको भनाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्मा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्तासम्बन्धी कानुनी व्यवस्था संशोधनको तयारी भइरहेको बताएका छन् ।

सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले अध्यादेशमार्फत मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन संशोधन गर्न लागिएको जानकारी दिएका छन् ।

संसद्को नियमित अधिवेशन अन्त्य भएकाले आवश्यक कानुनी व्यवस्था अध्यादेशमार्फत छिटो अघि बढाउने तयारी भइरहेको उनले स्पष्ट पारेका छन् ।

मृत्यु घोषणा र मृत्यु दर्तासम्बन्धी कानुनमा आवश्यक संशोधनका लागि मन्त्रालयले खाका तयार पारिसकेको उल्लेख गर्दै सरकारले अब कानुन निर्माण गर्दा विपद्लाई केन्द्रमा राख्नुपर्ने आवश्यकता उनले औँल्याएका छन् ।

मन्त्री गौतमले भने, ‘मृत्यु घोषणा कसरी गर्ने भन्ने प्रक्रियाबारे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) मा निरन्तर छलफल गरेर समाधान निकालिएको छ । अब मूल ऐनमै संशोधन गर्नुपर्ने हुन्छ । संसद् अधिवेशन अन्त्य भएकाले छिट्टै नै सरकारले अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद्सम्बन्धी कानुनमा यो व्यवस्था समेटेर नयाँ कानुन बनाउँदैछ । यसको तयारी भइसकेको छ ।’

विपद् व्यवस्थापन बहुआयामिक र विभिन्न मन्त्रालयसँग सम्बन्धित विषय भएकाले मौसम पूर्वानुमान, राहत प्याकेज, उद्योगी–व्यवसायीलाई सहजीकरण तथा विपद्मा अभिभावक गुमाएका बालबालिकाको संरक्षणलगायत विषयमा सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरेर आवश्यक कानुन निर्माण भइरहेको उनले बताएका छन् ।

Previous Post

प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणबारे संसदीय समितिमा चर्चा

Next Post

एआईजी दाहालसँग ‘कनेक्सन’ देखिएका सापकोटामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धानसँग ‘कनेक्सन’ देखिएका सापकोटामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In