काठमाडौँ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मंगलबार समाहित भएको छ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक उपलब्धि हासिल गर्न आवश्यक रहेको भन्दै राजपा नेपालले जसपा नेपालमा समाहित हुने निर्णय गरेको हो।
हरिनारायण यादव संयोजक रहेको राजपा नेपाल विधिवत् रूपमा जसपा नेपालमा समाहित भएको जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले बताए।
जसपा नेपालले अधिकार प्राप्तिका विभिन्न आन्दोलन तथा सङ्घीयता र पहिचान पक्षधर राजनीतिक शक्तिबीच एकीकरण गर्ने उद्देश्यअनुरूप राजपा नेपाललाई समाहित गर्ने निर्णय गरेको उनले बताए।
