• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

एक महिनाभित्र विद्यार्थीको नतिजा सार्वजनिक गर्न शिक्षामन्त्रीको निर्देशन

रिजन ढकाल by रिजन ढकाल
२२ आश्विन २०८३, बिहीबार
A A
एक महिनाभित्र विद्यार्थीको नतिजा सार्वजनिक गर्न शिक्षामन्त्रीको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको परीक्षा नतिजा बढीमा एक महिनाभित्र सार्वजनिक गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै त्रिविका सहकुलपतिसमेत रहेका मन्त्री पोखरेलले परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा ढिलाइ भएको विषयमा मन्त्रालयमा निरन्तर गुनासो आउने गरेको बताए।

उनले कुलपति तथा प्रधानमन्त्रीबाट पनि विद्यार्थीको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन भएको जानकारी दिए। साथै, विश्वविद्यालयले आफ्नो शैक्षिक क्यालेन्डरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

मन्त्री पोखरेलले विश्वविद्यालयका अधिकारलाई आवश्यकताअनुसार विकेन्द्रीकरण गर्नुपर्ने धारणा पनि राखे। अधिकार विकेन्द्रित गर्न सके विश्वविद्यालयको कामकारबाही अझ प्रभावकारी बन्न सक्ने उनको भनाइ थियो।

उनले त्रिभुवन विश्वविद्यालयका दीक्षान्त समारोह राजधानीमा मात्र सीमित नराखी अन्य प्रदेशमा समेत आयोजना गर्नुपर्ने बताए।

सरकार शिक्षा क्षेत्रको सुधारका लागि अघि बढिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले विद्यालय र विश्वविद्यालय शिक्षाको भूमिकाबीच स्पष्ट अन्तर गर्नुपर्ने आवश्यकता औँल्याए। विश्वविद्यालयलाई ज्ञान, अनुसन्धान र नीतिगत सोच निर्माण गर्ने थिङ्क ट्याङ्कका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।

शिक्षा ऐन निर्माण, पाठ्यक्रम सुधार तथा नयाँ शिक्षा नीति तयार गर्ने काम अघि बढिरहेको जानकारी दिँदै उनले यी प्रक्रियामा विश्वविद्यालयको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए।

मन्त्री पोखरेलले त्रिविका आंगिक क्याम्पसहरूको भौतिक पूर्वाधार सुधार गर्न तथा विदेशी विद्यार्थीलाई आकर्षित गर्ने वातावरण बनाउन पनि आग्रह गरे। उनले विश्वविद्यालयमा पारदर्शिता, डिजिटल प्रणाली, जीवनोपयोगी शिक्षा र अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

यसअघि त्रिविको सभा कुलपति एवं प्रधानमन्त्रीको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो। तर यसपटक कुलपति अनुपस्थित रहेकाले सहकुलपति पोखरेलले सभाको अध्यक्षता गरेका हुन्।

Previous Post

विद्यादेवी भण्डारीले शपथ लिएपछि एमाले स्थायी कमिटी बैठक बस्ने

Next Post

त्रिविले ३० अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्ताव गर्‍यो

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In