• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

दसैंमा काठमाडौं उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डरबाट ग्यास साट्न सकिने

रिजन ढकाल by रिजन ढकाल
२२ आश्विन २०८३, बिहीबार
A A
दसैंमा काठमाडौं उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डरबाट ग्यास साट्न सकिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दसैंको समयमा काठमाडौं उपत्यकाका उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनी फरक भए पनि जुनसुकै ब्रान्डको खाली एलपी ग्यास सिलिन्डर बुझाएर ग्यास लिन सक्ने भएका छन्। यसका लागि उपभोक्ताबाट कुनै अतिरिक्त शुल्क नलिने व्यवस्था गर्न लागिएको छ।

चाडपर्वका बेला ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता तथा सुरक्षा निकायको समन्वयमा यस्तो व्यवस्था गर्न लागिएको हो। विशेषगरी घरमा एउटा मात्र सिलिन्डर भएका उपभोक्तालाई कम्पनी फरक परेकै कारण ग्यास लिन समस्या नहोस् भन्ने उद्देश्यले यो सुविधा ल्याउन लागिएको हो।

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार उपभोक्ताको सहजताका लागि निगमले नै ग्यास उद्योगीहरूलाई जुनसुकै ब्रान्डका सिलिन्डर साट्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।

उनका अनुसार बजारमा ग्यास उपलब्ध हुँदाहुँदै सिलिन्डरको ब्रान्ड नमिलेका कारण उपभोक्ता समस्यामा पर्ने अवस्था अन्त्य गर्न यस्तो व्यवस्था आवश्यक देखिएको हो।

यसअघि कतिपय अवस्थामा फरक कम्पनीको सिलिन्डर साट्दा डिलरले उपभोक्तासँग अतिरिक्त रकम लिने गरेको गुनासो आउने गरेको थियो। साहका अनुसार नयाँ व्यवस्थामा भने उपभोक्ताले सिलिन्डर साटेबापत कुनै शुल्क तिर्नुपर्ने छैन।

उपत्यकाका विभिन्न स्थानमा संयुक्त काउन्टर

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष तथा ग्यास उद्योगी शिवप्रसाद घिमिरेका अनुसार काठमाडौं उपत्यकाका करिब १५ देखि २० प्रमुख स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ।

यी काउन्टरमा विभिन्न कम्पनीका खाली सिलिन्डर संकलन गरी तत्काल आवश्यक पर्ने उपभोक्तालाई ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइनेछ। उद्योगीहरूबीच आपसी समन्वय गरेर सीमित अवधिका लागि यस्तो सुविधा सञ्चालन गर्न सहमति भएको घिमिरेले बताए।

नेपाली सेनाको मुख्यालय, छाउनी, सीतापाइला लगायतका सम्भावित स्थानमा ग्यास उद्योगी, नेपाल आयल निगम, विक्रेता महासंघ र सुरक्षा निकायको सहकार्यमा काउन्टर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ।

संकलन भएका विभिन्न कम्पनीका सिलिन्डरलाई पछि सम्बन्धित उद्योगहरूले आपसी समन्वयमा व्यवस्थापन गर्नेछन्।

वास्तविक उपभोक्तालाई मात्र सुविधा

उद्योगी घिमिरेका अनुसार यो व्यवस्था डिलर वा व्यवसायीका लागि नभई ग्यासको अभावका कारण समस्या भोगिरहेका वास्तविक उपभोक्तालाई लक्षित गरेर ल्याउन लागिएको हो।

ग्यासको दुरुपयोग रोक्न काउन्टरबाट सिलिन्डर साट्दा उपभोक्ताको पहिचान खुल्ने विवरण संकलन गरिनेछ। नागरिकता वा अन्य परिचयपत्रको प्रतिलिपि तथा मोबाइल नम्बर लिएर मात्र ग्यास उपलब्ध गराउने तयारी गरिएको छ।

यसले वास्तविक उपभोक्ता पहिचान गर्न तथा आवश्यक परेमा सरकारी निकायबाट अनुगमन गर्न समेत सहज हुने उद्योगीहरूको भनाइ छ। विशेषगरी घरमा एउटा मात्र सिलिन्डर भएका उपभोक्तालाई यसबाट बढी राहत पुग्ने अपेक्षा गरिएको छ।

डिलर तहबाटै सुविधा दिन सके अझ सहज हुने

नेपाल आयल निगमका कार्यकारी निर्देशक साहले तोकिएका संयुक्त काउन्टरमा मात्र सीमित नगरी सम्भव भएसम्म डिलर तहबाटै जुनसुकै कम्पनीको सिलिन्डर साट्ने व्यवस्था गर्न सके उपभोक्तालाई थप सुविधा हुने बताए।

ग्यास उद्योगहरूले कुन–कुन स्थानबाट सेवा दिने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी छ। यसबारे उद्योगीहरूबीच छलफल भइरहेको र एक–दुई दिनभित्र औपचारिक सूचना सार्वजनिक गर्ने तयारी रहेको निगमले जनाएको छ।

दसैंका बेला काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने भएकाले उपत्यकामा एलपी ग्यासको खपत सामान्य समयको तुलनामा करिब ४० प्रतिशतसम्म घट्ने गरेको बताइएको छ।

तर उपत्यकामै बस्ने र घरमा एउटा मात्र सिलिन्डर भएका उपभोक्तालाई ग्यास सकिएपछि विभिन्न पसलमा सिलिन्डर बोकेर धाउनुपर्ने समस्या हुन सक्छ। यस्तो अवस्थामा जुनसुकै ब्रान्डको खाली सिलिन्डरबाट ग्यास साट्न पाउने नयाँ व्यवस्थाले दसैंको समयमा उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

Previous Post

साझा प्रयासबाटै समृद्ध नेपाल निर्माण सम्भव : राष्ट्रपति पौडेल

Next Post

आठवटा युद्ध रोकेको दाबीसहित ट्रम्पले मागे नोबेल शान्ति पुरस्कार

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In