• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 12, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home समाज

बालबालिकाको दृष्टि जोगाउन अभिभावकलाई तिलगंगाको आग्रह, वर्षमा एकपटक आँखा जाँच्न सुझाव

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
बालबालिकाको दृष्टि जोगाउन अभिभावकलाई तिलगंगाको आग्रह, वर्षमा एकपटक आँखा जाँच्न सुझाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बालबालिकाको दृष्टि जोगाउन समयमै आँखा परीक्षण गर्न तिलगंगा आँखा प्रतिष्ठानको आग्रह

काठमाडौं, २३ असोज । बालबालिकामा देखिने दृष्टिदोष र आँखासम्बन्धी गम्भीर समस्याको समयमै पहिचान गर्न सके जीवनभरको दृष्टि जोगाउन सकिने भन्दै नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले अभिभावकलाई सचेत रहन आग्रह गरेको छ।

विश्व दृष्टि दिवस २०२६ को अवसरमा प्रतिष्ठानले बालबालिकाको आँखाको स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गर्दै जन्मिएको एक महिनाभित्र, विद्यालय भर्ना गर्नुअघि र त्यसपछि प्रत्येक वर्ष आँखा परीक्षण गराउन सुझाव दिएको छ।

‘आफ्नो आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं’ भन्ने नारासहित प्रतिष्ठानले साताव्यापी सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेको जनाएको छ।

प्रतिष्ठानका अनुसार विश्वभर करिब २ अर्ब २० करोड मानिस कुनै न कुनै प्रकारको दृष्टि दुर्बलताबाट प्रभावित छन्। तीमध्ये करिब एक अर्ब मानिसको दृष्टिसम्बन्धी समस्या रोकथाम गर्न वा उपचारबाट सुधार गर्न सकिने अवस्था छ। नेपालमा कुल जनसंख्याको ०.२८ प्रतिशतमा अन्धोपना रहेको छ भने ५० वर्षमाथिका नागरिकमा यो दर १.०५ प्रतिशत छ।

मोतीबिन्दु, दृष्टिदोष, जलविन्दु र मधुमेहका कारण हुने आँखासम्बन्धी समस्या अन्धोपना तथा गम्भीर दृष्टिदोषका प्रमुख कारण मानिन्छन्। पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकाको दृष्टिमा पनि चुनौती थपिँदै गएको प्रतिष्ठानले जनाएको छ।

समयअगावै जन्मिएका शिशुमा देखिने रेटिनोपेथी अफ प्रिम्याच्युरिटी, जन्मजात मोतीबिन्दु, जलविन्दु तथा आँखाको क्यान्सरजस्ता समस्या समयमै पत्ता लगाउन सके दृष्टि गुम्नबाट बचाउन सकिने प्रतिष्ठानले जनाएको छ।

बच्चाको आँखा रातो हुने, डेढो देखिने, धमिलो देख्ने, निरन्तर आँसु बग्ने वा आँखाको कालो भागमा सेतो दाग देखिने लक्षणलाई बेवास्ता नगर्न प्रतिष्ठानले आग्रह गरेको छ। यस्ता समस्या देखिए तत्काल आँखा अस्पताल वा उपचार केन्द्रमा जाँच गराउनुपर्नेमा प्रतिष्ठानले जोड दिएको छ।

विश्व दृष्टि दिवसका अवसरमा प्रतिष्ठानले विद्यालय तथा समुदायमा आँखा परीक्षण शिविर, सचेतनामूलक र्‍याली र स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ। शिविरमार्फत निःशुल्क औषधि तथा चश्मा वितरण गर्नुका साथै आवश्यक बिरामीको निःशुल्क मोतीबिन्दु शल्यक्रियासमेत गरिएको प्रतिष्ठानले जनाएको छ।

समयमै परीक्षण, दृष्टि जोगाउने उपाय

बालबालिकाले आँखामा समस्या भएको कुरा आफैं भन्न नसक्ने भएकाले अभिभावकले उनीहरूको व्यवहार र आँखामा देखिने असामान्य लक्षणमा ध्यान दिन आवश्यक छ। नियमित परीक्षण र समयमै उपचारले दृष्टिसम्बन्धी समस्या पहिचान गर्न तथा सम्भावित अन्धोपना रोक्न महत्वपूर्ण भूमिका खेल्ने प्रतिष्ठानले जनाएको छ।

 

Previous Post

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

Next Post

हुलाक कर्मचारीलाई सिडिओ पौडेलले भने : उच्च मनोबलका साथ काम गर्नुस्

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In